अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २८ गते । पुतलीबजार नगरपालिका १ दुर्गानगरको एक घरमा गए राति आगलागी भएको छ । स्थानीय खेमनारायण शर्माको घरमा आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
राती नौ बजे बिजुली सर्ट हुन गई आगलागी भएको जिल्ला पहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम जिसीले जानकारी दिनुभयो । जस्ताले छाएको र सिमेन्ट लगाएको दुईतले घरमा भएको आगलागी घर पूरै, अन्न, लत्ताकपडा, भाँडावर्तन, जिन्सीसहित सबै क्षति भएको जिसीले बताउनुभयो ।
अगालागी डेढ घण्टमा स्थानीय, प्रहरी, आर्मी लगायतको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो ।