दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ ।
बाँकेमा पछिल्लो तीन वर्षमा ४४४ वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार ती दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् ।
नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर भग्नावशेष अवस्थामा देख्दा भानु जन्मेको गाउँ भानु नगरपालिका –४ चुँदीरम्घा पुग्ने जोकोही नेपालीको मन कुडिन्छ ।
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्ना नागरिकलाई उत्पादनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हरेक परिवारको आधारभूत आवश्यकता परिपूर्तिका लागि उनीहरूलाई नै उत्पादनसँग जोड्नु पर्ने भन्दै पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।
ताप्लेजुङमा तिहार (बलिहाङ तङ्नाम) को अवसरमा च्याब्रुङ नाच नाचेर देउसीभैलो खेलिएको छ । यहाँका लिम्बू समुदायले मौलिक संस्कृति संरक्षणको उद्देश्यसमेत राखेर देउँसी भैलोमा च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गरेका हुन् ।
नेपालगञ्जको बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित एसके टे«डिङ्गको बोरा गोदाममा गएराति आगलागी भएको हो ।
गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोषबहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर मृत्यु भएको छ ।
यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) का नेता झलनाथ खनालले दिदी यशोदा र बहिनी कुसुम खनालको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ । नेता खनाल आज भक्तपुर पुगेर भाई दाताराम खनालसहित दिदी र बहिनीबाट टीका ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएको छ ।
सबैका घरमा तिहारको समझम भए पनि यहाँ तीन जना तिहारको पर्वाह समेत नगरी बिहानैदेखि रातिसम्म ईटा बनाउनमै तल्लीन हुनुहुन्छ ।
जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावितलाई स्याङ्जाका चार पालिकाले १६ लाख २२ हजार ६९५ रुपियाँ सहयाग गरेका छन् ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।
महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना गम्भीर घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो ।