गत वर्ष भन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरेपनि सो अनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसान बताउँछन् ।
सुनसरीको रामधुनी नगरपालिकामा रहेको झुम्का कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन्।
झापाको दमकमा बुधबार विहान आगलागी हुँदा २ घरसहित ग्वाली जलेर नष्ट भएको छ ।
तिहारमा बिक्री नभएपछि किसान र व्यापारीले बुधबार नारायणगढको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको माला । गत वर्षभन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरे पनि सोअनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसानको भनाइ छ ।
चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ यहाँ दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।
झापामा चरणका लागि खुला छाडिएको भैसीसँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । अर्का एक ब्याक्ति घाइते हुनुभएको छ ।
जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ ।
कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा सामुहिक भाइटीका लगाइएको छ । बालगृहमा रहेको २८ असाहय बालकलाई सप्तरंगी सामुहिक भाइटीका लगाइएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ४४५ वटा उजुरी परेको आयोगले जनाएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (बुधबार) दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्त्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।
पर्यटकीय नगरी तनहुँ स्थित बन्दीपुरमा घुक्न आएका बिदेशी पर्यटकले उल्लासका साथ भाइटीका लगाएर नेपालीको महान चाड तिहार मनाएका छन् ।
पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली महिला पाइलट भावना पन्त र मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुनुहुने भएको छ ।
तेस्रो चीन-अमेरिका-क्यानडा बौद्ध मञ्च पूर्वी चीनको झेजियाङ प्रान्तको हाङ्झाउमा सुरु भएको छ । सो भेलामा करिब तीन सय प्रतिनिधि र अतिथिहरू उपस्थित छन् ।
शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुनुहुन्छ । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो ।
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ ।