लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शहीदको त्याग र संर्घषबाट मुलुकमा परिवर्तन भए पनि संस्थागत भइनसकेको बताउनुभएको छ।
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसँग नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गर्नुभएको छ ।
सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको छ।
बुटवलमा मंगलबारदेखि कृषि मेला सुरु भएको छ। बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा एघारौँ संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो।
नेपाल पुलिस क्लबका प्रिन्स दाहालले बिराटनगरमा जारी लिनिङ्ग १२ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पार्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्काउन र देशमा स्थिरता र स्थायित्व हुन नदिनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका बताउनुभएको छ।
नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो इन्टरनेशनल टेक्निकल अफिसियल (आईटिओ) बन्नुभएको छ ।
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताउनु भएको छ । मङ्गलबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १६ औँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय सभा बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बागलुङ फाइनमा प्रवेश गरेका छन् ।
राष्ट्रिय सभा बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्नुभएको हो ।
नेपाल प्रहरीले लागूऔषध कारोबारमा संलग्न छ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ्ग रोगनको काम धमाधम भइरहेको छ ।
कहरामनमारासलाई केन्द्रबिन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा ३६ हजारभन्दा बढीको हताहतिपछि टर्की र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताउनु भएको छ।