• ७ जेठ २०८१, सोमबार

शिवरात्रिका लागि सजाउन थालियो पशुपति परिसर (फोटो फिचर)

blog

पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको तयारी तीव्र । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन २ गते । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ्ग रोगनको काम धमाधम भइरहेको छ ।

यस वर्ष फागुन ६ गते (शनिबार) महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रिका लागि छिमेकी देश भारत, श्रीलङ्का लगायतबाट साधुसन्त नेपाल आउने क्रम जारी छ । यसरी आउने साधुहरुलाई दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ ।


शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन् । शिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ । उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्था हुने गर्दछ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि  जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलीमिली बत्तीहरु, रङ्गरोगन र फूलहरुले सजाउन थालिएको छ । शिवरात्रिका लागि पशुपतिका गेटहरु सजाउने कार्य जारी छ भने वरपरका क्षेत्रहरुमा सरसफाइको कार्य जारी छ ।