• १३ साउन २०८१, आइतबार

सत्ता गठबन्धन तत्काल भत्किँदैन

blog

पूर्वप्रधानमन्त्री झलनाथ खनाल ।

प्रकाशविक्रम शाह

धनगढी, फागुन २ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताउनुभएको छ। मङ्गलबार धनगढीमा आयोजित गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भन्नुभयो, ‘मैले अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन।’

राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उहाँको आग्रह छ। उहाँले भन्नुभयो राष्ट्रपतिको निर्वाचन भनेको महत्त्वपूर्ण एजेन्डा हो। यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दूरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्याउनुपर्छ। 

उहाँले राजनीतिक दलका बीचमा सहमति भएमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवार उठाउने बताउनुभयो। राष्ट्रपतिमा तपाईँको पनि चर्चा चलेको छ नि भन्ने जिज्ञासामा नेता खनालले भन्नुभयो, ‘चर्चा गरिदिएकोमा धन्यवाद ।’