• २० वैशाख २०८१, बिहिबार

राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेस

blog

मङ्गलबार बसेको राष्ट्रियसभा बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन २ गते । राष्ट्रिय सभा बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्नुभएको हो ।

त्यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सभासमक्ष पेस गर्नुभयो । सो आदेश गत असोज २८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको थियो ।

त्यस्तै, बैठकमा प्रतिनिधि सभाका पूर्वसदस्य कर्मा घलेको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरियो । पूर्वसांसद घलेको हालै निधन भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव पेस गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते आइतबार १ बजे बस्नेछ ।