काठमाडौं, जेठ २८ गते। नुवाकोटको ककनी-७ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशुली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा एक व्यक्ति चढेपछि निजलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्देशन दिनुभएको छ।आज बिहान ११ बजे सो प्रशारण लाइनमा ती व्यक्ति चढेपछि विद्युत् प्रसारण अवरुद्ध छ। उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव दशेभर परेको छ। प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको छ। प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ। माथिल्लो त्रिशुली थ्री ए ६० मेगावाट क्षमतामा नै चलीरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत काठमाडौँ ल्याइएको छ। स्थानीयवासीका अनुसार प्रसारण लाइनमा चढ्ने व्यक्ति बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला विक हुन्। उनलाई प्रहरी र स्थानीयवासीले निरन्तर तल झार्ने प्रयास गरे पनि हालसम्म सफलता हात लागेको छैन। प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले झण्डै सात घण्टादेखि ६५ मेगावाट बिजुली प्रणालीबाट बाहिर रहेको जानकारी दिनुभयो। मन्त्री भुसालले प्रसारण लाइनमा झुण्डीएका माइलाको उद्धारका लागि नेपाली सेनालाई आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो “विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भएपनि उद्धार गरौ भनेर सेनालाई आग्रह गरेको छु।”
फ्रिडम ‘ए’ प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा शनिबार फ्रिडम ‘ए’ ले रुपन्देहीलाई ९–१ गोलले हरायो ।
उच्च भोल्टेजकाे तारमा मान्छे चढेपछि करिब सात घण्टादेखि नेपालको विद्युत प्रणाली प्रभावित भएको छ ।
अमरराज नहर्कीतनहुँ, जेठ २८ गते। सडक भासिदा अबरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिनखण्ड शनिबार दिउँसोबाट एकतर्फी सञ्चालनमा ल्याइएको छ। भासिएको ठाउँमा पहरो काटेर सडक फराकिलो पारिएकोले एकतर्फी रुपमा सबै प्रकारको सवारी आवतजावत गर्न दिइएको प्रहरीले जनाएको छ। यात्रुको समस्यालाई ध्यानमा राखेर एकततर्फी रुपमा सबै सवारीलाई सञ्चालनको अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। शुक्रबार दिउँसोदेखि हलुका सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइएकोमा शनिबारबाट सबै सवारीलाई अनुमति दिइएको हो। बिहीबार साँझदेखी अलपत्र परेका ठूला सवारीलाई पनि शनिबार बिहानैदेखि सञ्चालनमा अनुमति दिएसंगै सडकमा अलपत्र परेका अधिकांश ठूला सवारी साधन चल्न थालेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक निरज डाँगीले जानकारी दिनुभयो।
जिल्लाको ककनी गाउँपालिकामा एक पुरुष विद्युत् प्रशारण लाइनको तारमा हिँडिरहेका छन् । स्थानीय जयबहादुर तामाङले शनिबार बिहान ९ बजे विद्युत् प्रशारण लाइनको टावरबाट तारमा हिँडिरहेको बताउनुभयो ।
अविनाश चौधरीधनगढी, जेठ २८ गते।कैलालीमा ट्याक्टरले पावर टिलरलाई ठक्कर दिँदा पावर टिलर चालकको मृत्यु भएको छ।गोदावरी नगरपालिका–५ गेटीका २० वर्षीय सुवास चौधरीको ज्यान गएको हो।आज विहान अत्तरियातर्फ जाँदै गरेको गोदावरी नगरपालिका-८ का २५ वर्षीय ललित चौधरीले चलाएको से १ त ३१०१ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेको पावर टिलरलाई छ लेन सडकमा ठक्कर दिएको थियो।ट्याक्टरको ठक्करबाट चौधरीको शरीर, टाउकोमा गम्भीर चोट लागेको थियो।उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । चौधरीको सेती अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।दुवै सवारी साधन ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो।
पानी भर्ने क्रममा चिप्लेर घाइते हुनुभएका जितेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अविनाश चौधरी धनगढी, जेठ २८ गते। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट चालू आर्थिक वर्षको तुलनामा आकार बढाएर ल्याउने तयारी गरिरहेको छ। प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा वृद्धि भएकाले आकार बढाएर बजेट ल्याउने प्रदेश सरकारले तयारी थालेको हो। आगामी आर्थिक वर्षको बजेट ३३ देखि ३५ अर्बको बीचमा रहने आर्थिक मामिला तथा योजनान्त्री प्रकाशबहादुर रावलले जानकारी दिनुभयो।‘प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको आकार पहिलेको बजेटकोभन्दा केही ठूलो रहन्छ’, रावलले भन्नुभयो। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो।मन्त्री रावलका अनुसार कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य बजेटको मुख्य प्राथमिकतामा परेको छ। यसैगरी, प्राकृतिक विपद्मा परेकालाई राहत दिने खालको कार्यक्रम पनि प्राथमिकतासाथ बजेटमा समेटिने उहाँले बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले बढी मान्छे प्रभावित हुँदै आएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटका आधारको रुपमा प्रदेश सभामा विनियोजन विधेयक र नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ। त्यही विनियोजन विधेयक र नीति तथा कार्यक्रमलाई केन्द्र बनाएर बजेट आउने मन्त्रालयका प्रवक्तासमेत रहनु भएका उपसचिव तुल्सीप्रसाद भट्टराईले बताउनुभयो। ‘विनियोजन विधियेकको उद्देश्य, सिद्धान्त, प्राथमिकता र नीति तथा कार्यक्रमको पेरिफेरिमा रहेर आगामी आर्थिक वर्षको बजेट आउने हो’, उहाँले भन्नुभयो। ‘पञ्चवर्षीय योजनाको आधारपत्रका आधारमा योजनालाई बजेट बाँडफाँट हुनेछ।’
नवलपुर जिल्लामा पछिल्लो समय होमस्टे अर्थात् घरवासबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रतिको आर्कषण बढ्न थालेको छ । विपन्न थारु बोटे समुदायहरुको दैनिकी नै परिवर्तन भएको छ ।
सर्लाहीको ग्रामीण भेगका कालोपत्रे सडकमा जथाभावी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेको छ।
सडक भासिएको पृथ्वी राजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्डमा पहरो काटेर सडक फराकिलो पार्ने काम धमाधम भइरहेको छ।
लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पूर्मति ढेंगा मगरले विद्युतीय सवारी साधन अबको भविष्य भएको बताउनुभएको छ ।
बुधबार परेको वर्षाका कारण जलमग्न बनेको राजधानीको पुतली सडक न्यू प्लाजा क्षेत्र ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला परेको छ ।
बारीमा काम गर्ने क्रममा भएको विवादमा भान्जा लालबन्दी–११, कै ३१ वर्षीय रवी विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् ।