माथिबाट खसेको ढुङ्गा लागेर हुम्लामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको सर्केगाड गाउँपालिका –३ उनापानी गाउँमा घर भएकी ४१ बर्षीया पुनी कार्कीको मृत्यु भएको हो ।
तिहारको तेस्रो दिन सोमबार काठमाडौंको हलचोकबाट देखिएको स्वयम्भूनाथ लगायत बत्तिको झिलिमिलि दृश्य
बाँकेको राप्तीसोनारी गाउँपालिकामा मेला सञ्चालन हुनेभएको छ । स्थानीय कला संस्कृतिलाई संरक्षण एवं प्रवर्धन गर्न मेला सञ्चालन गर्न लागिएको हो ।
११औँ तिहारे मेला अन्तरगत सोमबार भएको माला उन्ने प्रतियोगितामा सहभागी हुँदै स्थानीय ।
बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित साना किसान कृषि सहकारी संस्थाले तिहारका लागि १२ क्विन्टलभन्दा बढी सयपत्री फूल उत्पादन गरेको छ ।
घोराही उपमहानगरपालिका –१३ निवासी इन्द्रा बुढालाई अहिले सयपत्रीको माला बुन्नलाई भ्याइनभ्याइ छ । तिहार पर्व सुरु भएसँगै बुढा सयपत्री पूmलको माला बुन्न व्यस्त हुनुभएको हो ।
सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको छ।
काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ६ स्थित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
मोरङको उर्लाबारी –७, इटरोडस्थित दीपक कार्कीको सुन पसलमा आइतबार साँझ भएको आगलागी नियन्त्रण प्रयासमा घाइते भएकामध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
कास्कीको माछापुच्छरेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सातसय च्याङ्ग्रा लिएर आउनुभयो । बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गर्नुभयो । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुगाउनुभयो । तर सबै बिक्री हुन सकेनन् । तीन सय ५४ मात्रै बिक्री भए ।
सस्तोमा मोटरसाईकल मिलाइदिन्छु भन्दै जङ्गलमा लुटपाट गर्ने व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदैगरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै विभिन्न देशले यसमा प्रतिबन्ध लगाउँदैआएका छन् । मन्त्रिपरिषद बैठकले आज नेपालमा पनि टिकटक प्रतिबन्ध गर्ने निर्णयसँगै प्रतिबन्ध लगाउने देशको संख्या २७ पुगेको छ ।
गोलो आकारको सुन्दर वराह तालले पर्यटकीय सम्भावना बोकेको छ । मालिका गाउँपालिका –७ बिमबाङमा रहेको सुन्दर बराह तालले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ ।
मकवानपुरको मनहरीमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर मृत्युभएको छ । मनहरी गाउँपालिका –७ रमौलीकी रीता सुनारी मगरको रुखबाट लडेर सोमबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।