झापा शिवसताक्षी नगरपालिका १० स्थित सिँचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । जसपाले सोमबार आ.व. २०७८/०७९ को प्रतिवेदन सार्वजनिक गरिएको हो ।
‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको नेकपा (एमाले) नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोना लिगमा चार खेल अघि नै च्याम्पियन बनेको हो ।
सभामुख देवराज घिमिरेले नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभामा पढेर सुनाउनुभएको छ ।
आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो ।
कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरूको भौतिक अवस्था सुधारको कार्यमा गम्भीरताका साथ काम गरिरहेको छ । चालू आर्थिक वर्षमा एकै पटक १४ वटा विद्यालय भवन निर्माण गर्ने काम भइरहेको छ ।
नेपाली कांग्रेसकी डा. सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताउनु भएको छ ।
अर्जुन चौपारी गाउँपालिका –१ मा नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सुरु भएको छ ।
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–५ सर्दीमा बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जना भारतीय नागरिक रहेका छन् ।
प्रतिनिधि सभा बैठकमा सांसद दीपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बस्नुभएका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्रलाई सङ्कटतर्फ जानबाट रोक्न सरकारले चालेका कदमहरूको कारण अहिले शोधान्तरमा उल्लेख्य सुधार आएको बत्ताउनुभएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाउनु भएको छ ।