• १२ साउन २०८१, शनिबार

टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

blog

सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित टोपबहादुर रायमाझी । तस्बिर : सुजन गुरुङ

काठमाडौं, जेठ १ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको नेकपा (एमाले) नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिन हिरासतमा राख्न अनुमति पाएको छ  ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

जिल्ला अदालत काठमाडौंका वैतनिक वकिल शङ्कर पौडेलले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जानकारी दिनुभयो ।

गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार राति काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट गरेको थियो ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा नै नेपाली कांग्रेस नेता बालकृष्ण खाणलाई पक्राउ गरी अनुसन्धान जारी छ । पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित अन्य केही व्यक्तिलाई समेत संलग्न रहेको आशंकमा पक्राउ गरी अनुसन्धान जारी छ ।

यो पनि पढ्नुहोस