• ४ पुस २०८१, बिहिबार

सभामुखले सुनाउनुभयो टोपबहादुर रायमाझी पक्राउ परेको सूचना

blog

सभामुख देवराज घिमिरे

काठमाडौं, जेठ १ गते । सभामुख देवराज घिमिरेले नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभामा पढेर सुनाउनुभएको छ ।

सभामुख देवराज घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धनाका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख ३१ गते राति ८ः२५ बजे बुढानीलकण्ठ –४ बाट पक्राउ गरेर हिरासतमा राखेको सदनलाई जानकारी गराउनुभएको हो ।

रायमाझीलाई पक्राउ गरेको सूचना जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको हो । सभामुखले रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभा नियमावलीको नियम २४८ (१) बमोजिम संसदलाई जानकारी गराउनुभयो ।