• १२ साउन २०८१, शनिबार

जसपाको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

blog

काठमाडौं, जेठ १ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । जसपाले सोमबार आ.व. २०७८/०७९ को प्रतिवेदन सार्वजनिक गरिएको हो ।

निर्वाचन आयोगले मिति २०७९ वैशाख २७ गतेको निर्णयबाट राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन पार्टी कार्यालय, वेबसाइट, सञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन) सामाजिक सञ्जालमार्फत सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

आयोगको सोही निर्देशन अनुसार पार्टीको लेखा परीक्षण तोकिएको समयावधिमै सार्वजनिक गरिएको हो ।