नेपाल डेरी एसोसिएसन (एनडिए) ले छुर्पीमा कर छुटका लागि सरकारसँग माग गरेको छ । एसोसिएसनका अधिकारीले अर्थ मन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसाल र राजस्व विभागका महानिर्देशकलाई भेटेर सो माग गरेको हो । मूल्य अभिवृद्धि कर ऐन २०५२ को अनुसूची १ अन्तर्गत कर छुट भनी व्याख्या छ तर कपितय आन्तरिक राजस्व कार्यालयले छुर्पीमा पनि कर असुली गरिरहेको उल्लेख गर्दै एसोसिएसनले यो विशुद्ध भ्याट छुट वस्तु भएकाले थप सहज हुने गरी कर छुटको सूचीमा राख्न माग गरेको छ ।
सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई विदेशबाट कामका लागि आएका मागहरूको विज्ञापन वेबसाइटमार्फत प्रकाशित गरे पनि पुग्ने गरी कानुन संशोधन मस्यौदा तयार गरेको छ । यसअघि म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि आएका मागको राष्ट्रियस्तरका दैनिक पत्रिकामा, वैदेशिक रोजगार विभागको साइट र आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था भएकामा त्यसलाई संशोधन गरेर विभाग र म्यानपावर कम्पनीको वेबसाइटमा राखे मात्रै पुग्ने गरी कानुनको मस्यौदा तयार गरेको हो ।
यस वर्ष काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) नहुने भएको छ । किम्फले आफ्नोे आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो । महोत्सवलाई नयाँ ढाँचामा लगेर अघिल्ला वर्षभन्दा अझ राम्रो गर्ने उद्देश्यले यस वर्ष किम्फ केही समयका लागि पछि धकेलिएको संस्थाका अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब सबै कुरा नयाँ बन्दै छन् । नयाँ कमिटीले के निर्णय गर्छ त्यही अनुसार हुन्छ । सायद नयाँ कमिटीले नै महोत्सवको मिति पनि तोक्छ होला ।”
परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको ‘डिएसए स्टार २०२३’ का विजेता घोषित भएका छन् । आयोजकका अनुसार दिव्य नेपाली ‘मिनी ‘डिएसए डान्सिङ स्टार’, वाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्रि–टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्रि–टिन सिङ्गिङ स्टार’ घोषित हुनुभएको छ ।
नेपालमा उत्पादन भएर कानुन अभावमा दर्ता रोकिएको विद्युतीय मोटरसाइकल कानुन निर्माणसँगै दर्ता गर्न सुरु गरिएको छ। काठमाडौँको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय मोटरसाइकलमा विद्युतीय मोटरसाइकल यात्रीको दर्ता सुरु भएको हो। नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन आयात प्रज्ञापन पत्रबिना नै दर्ता गर्ने गरी सङ्घीय सरकारले कानुनी व्यवस्था गरेको हो। विद्युतीय मोटरसाइकल बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका प्रदेश सरकार मातहतको चार वटा यातायात कार्यालयमा दर्ता गर्न सकिने गरी बाटो
देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान घट्दै जाँदा वन्यजन्तुको सङ्ख्या भने बढ्दै गएको छ। यद्यपि व्यवस्थापन गर्न सके निकुञ्ज र यसको आसपासमा रहेको मध्यवर्ती क्षेत्रले हाल भएको वन्यजन्तु दोब्बरभन्दा बढी धान्न सक्ने क्षमता राख्छ।
आयातमुखी अर्थतन्त्रलाई स्वदेशी उत्पादनमार्फत स्वाधीन बनाउने ध्येयसहित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसङ्घले सरोकारवालाबिच घनीभूत छलफल गराएको छ । मेक इन नेपाल स्वदेशी सम्मेलनमा औद्योगिक विस्तारका समग्र अवयवमा राज्य संयन्त्र निजी क्षेत्र, गैरसरकारी तथा दातृ निकायको एकीकृत र सार्थक पहल आवश्यक रहेको औँल्याइयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि पार्टीभित्र दुई धारको बहस सुरु भएको छ । अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले मङ्गलबार केन्द्रीय सदस्य खाणलाई निलम्बन नगर्ने प्रस्टीकरण दिएलगत्तै महामन्त्री गगनकुमार थापाले साँझ विज्ञप्ति जारी गरी आरोप लागेकाले खाणलाई निलम्बन गर्नुपर्ने जिकिर गर्नुभएको छ ।
१. छैटौँ हिन्द महासागरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२३ मे १२–१३, बङ्गलादेश नारा : ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी।’ नेपालका तर्पmबाट परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रतिनिधित्व गरेका। सम्मेलनमा हिमाल र महासागरबिचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्ने, हिन्द प्रशा
सेवा प्रवाहमा स्थानीय सरकार १. सोझै खरिद सम्बन्धमा प्रचलित कानुनमा भएका व्यवस्था जानकारी गराउँदै सोझै खरिद गर्नुअघि यकिन गर्नुपर्ने विषय उल्लेख गर्नुहोस्। सार्वजनिक निकायलाई आवश्यक पर्ने मालसामान, सेवा वा निर्माण कार्य छोटो अवधि र छोटो प्रव्रिmया अपनाई प्राप्त गर्ने विधि सोझै खरिद हो। सार्वजनिक खरिद ऐन र नियमावलीमा सोझै खरिदसम्बन्धी नीतिगत र प्रव्रिmयागत व्यवस्था गरिएको छ । निम्न अवस्थामा सोझै खरिद गर्न सकिन्छ : क) देहायको फुटकर खरिद गर्नुपर्ने भएमा,
विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी लिएर घाट जानु छ। उहाँलाई अचेल यस्ता फोन निरन्तर आउन थालेका छन्।
इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका नेपाली पूर्व सभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ वर्षदेखि जिउँदो शहीदका रूपमा चिनिएका कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयक प्रमाणीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।