• २७ पुस २०८१, शनिबार

पूर्व सभासद शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

blog

पूर्व सभासद आङटावा शेर्पा

काठमाडौँ, जेठ  २ गते । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका नेपाली पूर्व सभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।     

पूर्व सभासद शेर्पामाथि अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।     

उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै हिजो सोमबार शेर्पा आफैँ जिल्ला प्रहरी परिसर काठमाडौँमा पुग्नुभएको थियो । यसअघि प्रहरीले शेर्पाको बारेमा अनुसन्धान गरिरहेको बेला आफैँ प्रहरीमा आएपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।     

 उहाँ शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । प्रहरीले अहिलेसम्म पूर्व सभासद आङटावा शेर्पासहित  पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस