• ५ वैशाख २०८१, बुधबार

सरकारको प्राथमिकतामा नागरिकता विधेयक प्रमाणीकरण : सञ्चारमन्त्री शर्मा

blog

पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयक प्रमाणीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । 

सिहंदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले नागरिकताको मुद्दा सरकारको हतारोको विषयभन्दा आम नागरिक र जनताको हतारोको विषय भएको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले भन्नुभयो, “खासगरी, नागरिकताको जुन मुद्दा छ, यो सरकारको हतारोको विषयभन्दा पनि आम नागरिक र जनताको हतारोको विषय हो । आजका दिनसम्म नागरिकता पाउनुपर्ने कर्यौं व्यक्तिले हाम्रो संवैधानिक र कानुनी व्यवस्था अनुसार नागरिकता नपाउँदा धेरै समस्या पैदा भएको छ । नागरिकता प्राप्त नहुँदा कसैको पढाइ रोकिएको छ । रोजगार छ तर उसले बैंकमा खाता खोल्न पाएको छैन। नागरिकता पाउनुपर्ने योग्य व्यक्ति पनि छन् ।”

उहाँले यसअघिको सदनबाट दुई पटक पारित भएको नागरिकता विधेयक मान्छेको जीवनसँग जोडिएको विषय भएकाले छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने बताउनुभयो । 

सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले नागरिकता सम्बन्धमा राष्ट्रपतिले कानुनी परामर्श गर्नु अधिकार क्षेत्र अन्तर्गतको विषय भएकाले यसलाई फरक ढङ्गले हेर्नुपर्ने कुनै आवश्यकता नरहेको पनि प्रष्ट पार्नुभयो । 

यो पनि पढ्नुहोस