• २६ वैशाख २०८१, बुधबार

मन्त्रिपरिषद् बैठक

सामाजिक आयोग बैठकमा थाइल्याण्ड जाने टोलीको भ्रमण स्वीकृत

blog

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ २ गते।  थाइल्याण्डमा हुने सामाजिक आयोगको ७९ औं बैठकका लागि राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत नेतृत्वको प्रतिनिधि मण्डल स्वीकृत गरेको छ। 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संयुक्त राष्ट्र संघको एशिया प्रशान्त क्षेत्रका लागि सामाजिक आयोगको ७९ औं बैठक जेठ १ गतेदेखि जेठ ५ सम्म जारी रहने जानकारी दिनुभयो।

मन्त्री शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को प्रस्तावमा राउतको प्रतिनिधि मण्डललाई स्वीकृत गरिएको बताउनुभयो। बैठकले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको प्रस्तावमा कलैया सिम्रौनगढ क्षेत्रको मालपोत र नापी सम्बन्धी साविक र हालको कार्यक्षेत्रमा संशोधन गर्ने निर्णय गरेको छ। 

भूमि व्यवस्था तथा सहकारी कलैया र सिम्रौनगढको क्षेत्रको मालपोत र नापी सम्बन्धी साविक तथा हालको कार्यक्षेत्रमा संशोधन गर्ने निर्णय गरेको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा बुटवल गोरुसिङ्गे सडक विस्तार क्षेत्रका घर, टहरा हटाउने र क्षतिपूर्ति दिने निर्णय भएको छ। 

सञ्चारमन्त्री शर्माले यस प्रयोजनका लागि जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ बमोजिम सम्बन्धित योजना प्रमुखलाई कारबाही अघि बढाउन स्वीकृत प्रदान गर्ने निर्णय भएको बताउनुभयो।