तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा माछाका भुरा प्रदान गरेपछि व्यावसायिक माछा पालक कृषक खुसी भएका छन् ।
महोत्तरीको गौशाला नगरपालिकाका छ जना बालबालिका सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जेठ १ गते घरबाट निस्केका गौशाला नगरपालिकाका दुई बालक र चार बालिका सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जनाएको छ ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुवाहक र मालवाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका –४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न मागसहित ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्व राष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो ।
डडेलधुरा सदरमुकाम बागबजार क्षेत्रको सडक ३० मिटर फराकिलो बनाउन मुआब्जाका लागि सरकारले थप ३० करोड रुपियाँ पठाएको छ। यसअघि सडक क्षेत्रमा पर्ने घरजग्गाको मुआब्जाकै लागि पहिलो किस्ताबापत २० करोड रुपियाँ बजेट आएको थियो। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग महाकाली राजमार्गको बागबजार क्षेत्र फराकिलो बनाउन थप रकम प्राप्त भएको हो। महाकाली राजमार्गको बागबजारदेखि उग्रतारा सडकखण्डको मुआब्जा र क्षतिपूर्तिका लागि ३० करोड रुपियाँ बजेट आएको सडक डिभिजन कार्यालयले जनाएको छ। अर्थ मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै रकमान्तर स्वीकृत गरेपछि सडक डिभिजन कार्यालय
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपालगन्जमा कुनै पनि खोप नलगाएका १७७ जना बालबालिका भेटिएका छन्। नेपालगन्ज उपमहानगरपालिकाले यहाँ केही समयअघि सुरु गरेको खोप नलगाएका बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान अन्तर्गत १७७ जना कुनै पनि खोप नलगाएका बालबालिका भेटिएका हुन्।
यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ ।
तीन पटक म्याद थपिसक्दासमेत भेरी अस्पताल नेपालगन्जको नयाँ अत्याधुनिक भवन निर्माण पूरा हुन सकेको छैन। २५० शøयाको सो अस्पताल भवनको निर्माणमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव त्यहाँ आउने सयौँ बिरामीलाई परेको अस्पतालले जनाएको छ। २०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७४/७५ मा प्रेरा सिएबी भीमेश्वर जेभीले भवन निर्माणका लागि ३२ करोडको लागतमा ठेक्का पाएको थियो तर सो समय सकिएर तीन पटक म्याद थप भइसक्दा पनि अस्पताल भवनको निर्माण अझै पूरा भएको छैन।