प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
गत १७ वर्षदेखि नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके र जनमत अर्द्ध साप्ताहिक, नेपालगञ्जको संयुक्त आयोजनामा त्रैमासिक रक्तदान गरिँदै आएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको दश वटा विषयगत समितिहरूको बैठक बसेको छ । समितिहरूको बैठक मंगलबार सिंहदरबारस्थित आ–आफ्नो कार्यालयमा बसेको हो ।
धनकुटाको शहीदभूमि गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताहरूको पेसागत क्षमता विकाससम्बन्धी सात दिने तालिम सम्पन्न भएको छ ।
काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा ।
वर्षासँगै आएको हावाहुरीका कारण महोत्तरीको उत्तरी भेगमा आइतबार रातीदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ ।
चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवर्द्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् ।
कर्णाली प्रदेशमा कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या आएको मुख्यमन्त्री राजकुमार शर्माले बताउनभयो । शर्माले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेटका विषयमा राय माग्ने क्रममा पत्रकारहरूसँग बोल्नुहुँदै कर्णालीमा ११ सय कर्मचारी रहे पनि अपुग हुँदा बजेट कार्यान्वयनमा समस्या आएको बताउनुभयो । उहाँले आर्थिक सङ्कटको प्रभाव परेकाले प्रदेशमा सुशासन कायम गर्न नसकेको बताउनुभयो ।
महोत्तरी जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिन यहाँ चालीस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्री तापक्रम पुगेको छ ।
पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोनमा ७ जानकीनगरका ५ वर्षीय आसिक सदाको सोमबार साँझ घरछेउकै पोखरीमा डुबेर मृत्यु भएको हो ।
दैनिक मजदुरी गरी छाक टार्न बाध्य कामदार महिलालाई दुई वर्षसम्म ज्याला नदिने ठेकेदारको कठालो समातेर प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले एक लाख रुपियाँ ज्याला असुल गरिदिनुभएको छ ।
पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ महिना भएको छ । दुर्घटनामा आफन्त गुमाएकाहरूको पीडा भने अझै दर्दनाक छ । दुर्घटना भएको लामो समयसम्म आफन्तको शव नपाउनु त छँदै छ, मृत्यु दर्तासमेत नहुँदा परिवारमा मानसिक तनाव बढेको छ ।
शैक्षिक सत्र सुरु भएको दुई साताभित्र पाल्पाका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको छ भने निजी विद्यालयमा भने पुस्तक अझै पुग्न सकेका छैनन् ।
मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएको थियो ।