• १२ असार २०८१, बुधबार

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि दुई साता बन्द हुने

blog

काठमाडौं, जेठ २ गते । मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हप्ता जति मर्मतकार्य भएपछि पुनः पानी पठाइनेछ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएको थियो । 

हेलम्बु –१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको उहाँले बताउनुभयो ।