पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराति दुर्घटना भएको हो ।
नेपाल जस्तै आर्थिक अवस्थामा रहेका सिङ्गापुर, दक्षिण कोरिया, मलेसिया जस्ता राष्ट्र आज एसियामा धेरै सम्पन्न र प्रशन्न छन् । हामी अहिलेसम्म स्थायित्वका लागि चिन्ता गरिरहेका छौँ । समस्या धेरै छन् र समाधानका उपाय पनि छन् । सिङ्गापुरले धेरै सालसम्म मलाया (मलेसिया) बाट हेपिनु परेको इतिहास छ ।
तनहुँमा इनारमा डुबेर एक युवकको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा व्यास नगरपालिका –१३ पोखरीभञ्ज्याङमा काम गर्ने २७ वर्षीय विपिन भन्ने छत्रबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विश्वमा भ्रष्टाचार अनन्त र सर्वव्यापक छ । यसका कारण र परिणाममाथि व्यापक बहस भइरहेको छ । स्थान र समय अनुसार भ्रष्टाचारको व्याख्या फरक हुँदै आएको छ । भ्रष्टाचारको परिभाषा सहज छैन । सर्वाेच्च अदालतले एक मुद्दामा यसलाई परिभाषित गर्न कठिन छ, भनेको छ । भ्रष्टाचार शब्दलाई परिभाषा गरी निश्चित सीमा रेखाङ्कनभित्र आबद्ध गर्ने कार्य जोखिमपूर्ण छ । यसै भएकाले ‘भ्रष्टाचार निवारण ऐन, २०१७’ मा भ्रष्टाचारको परिभाषा नगरेको महसुस हुन्छ ।
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको लगानी वा अनुदानमा सञ्चालित विद्यालय सामुदायिक विद्यालय हुन् । पछिल्लो तथ्याङ्क अनुसार यस्ता विद्यालयको सङ्ख्या २७८९० रहेको छ जुन कुल सञ्चालित विद्यालय सङ्ख्याको ८० प्रतिशत हुन आउँछ । त्यस्तै ३६४९८ प्रारम्भिक बालविकास केन्द्र÷पूर्व प्राथमिक कक्षामध्ये सरकारी अनुदानमा सञ्चालन भएका बालविकास केन्द्र (कक्षा) को सङ्ख्या ३०४५० रहेको छ जुन कुल सङ्ख्याको ८३ प्रतिशत हुन आउँछ । प्रारम्भिक बालविकास÷पूर्व
सरकारले राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदन सार्वजनिक गरेको दुई महिना बितिसक्दा पनि रुपन्देहीका स्थानीय तहहरूले आफ्ना वेबसाइटमा २०६८ सालको जनसङ्ख्या राखिरहेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ सालको जनसङ्ख्या सार्वजनिक गरेको करिब दुई महिना भयो। गत चैत १० गते सरकारले २०७८ सालको जनसङ्ख्या सार्वजनिक गरेको थियो।
अर्थ मन्त्रालयको सानो कोठाबाट नेपालमा बिमा व्यवसाय विस्तारका लागि भूमिका खेल्दै आएको तत्कालीन बिमा समिति नेपाल यसै वर्षदेखि बिमा क्षेत्रको स्वायत्त नियामकीय निकायका रूपमा राष्ट्रिय बिमा प्राधिकरणको स्वरूपमा स्थापित भएको छ । प्राधिकरणको ५५ औँ वार्षिक उत्सवका सन्दर्भमा बिमा क्षेत्रको वर्तमान अवस्था, प्राधिकरणको भूमिका तथा आगामी कार्ययोजनाका सन्दर्भमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गोरखापत्रकर्मी गोपालचन्द्र सुवेदीसँग गर्नुभएको कुराकानीको सङ्क्षिप्त अंश :
मधेश कृषि विश्वविद्यालयमा स्नातक तहका पहिलो शैक्षिक सत्रका लागि कक्षा शुभारम्भ गरिएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आइतबार कक्षा शुभारम्भ गर्नुभएको हो। विश्वविद्यालयले आयोजना गरेको कक्षा शुभारम्भ समारोहमा बोल्दै उहाँले गुणस्तरीय शिक्षामा कुनै आशङ्का नगर्न आग्रह गर्नुभयो। “हरेक विकासको जननी शिक्षा हो र जीवनको आधार कृषि हो, यसर्थ कृषि शिक्षा मधेशका निम्ति अपरिहार्य छ,” यादवले भन्नुभयो, “दुनियाँका धेरै मुलुकमा अत्याधुनिक प्रविधिको प्रयोगले कृषि क्षेत्रले धेरै फड्को मारिसकेको छ। त्यही गुणस्तर र प्रविधिसँग किसानलाई जोड्न सकियो भन्ने नेपालमा छिट्टै कृषिमा आधुनिकीकरण र क्रान्ति आउने निश्चित छ।”
पछिल्लो समय उदयपुरको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गर्न पर्यटकको वृद्धि भएसँगै त्यहाँ सञ्चालित ‘होमस्टे’ अर्थात् घरबासमा आउने पाहुनालाई स्थानीय परिकारले आकर्षित गरेको छ। जिल्लाको धार्मिक तथा पर्यटकीय पहाडी क्षेत्र रौतामा स्थानीय जात जातिसँग सम्बन्धित खानाका विभिन्न परिकारप्रति पाहुनाहरूको आकर्षण बढेको हो। अघिल्लो वर्षदेखि नै रौता पोखरीको दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै यहाँका होमस्टेमा पाइने मौलिक खानाप्रति पाहुनाको आकर्षण धेरै हुने गरेको होमस्टे सञ्चालकहरू बताउँछन्।
भरतपुर महानगरपालिकाले विद्यालयका १२६ छात्रालाई साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रम अन्तर्गत आइतबार महानगर प्रमुख रेनु दाहालले छात्रालाई साइकल वितरण गर्नुभएको हो । छात्रालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले २०७६ सालदेखि यो कार्यक्रम लागू गरिएको थियो । यस पटक महानगरको वडा नं. ६ र १३ का विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई साइकल वितरण गरिएको हो ।
चालु आर्थिक वर्षको वैशाख महिनामा विदेशी लगानी प्रतिबद्धतामा कमी आएको छ । चैत महिनामा ह्वात्तै बढेको विदेशी लगानी प्रतिबद्धता वैशाखमा उल्लेख्य कमी आएको हो । उद्योग विभागका अनुसार वैशाख महिनामा २८ वटा परियोजनामार्फत एक अर्ब ६४ करोड ८३ लाख २० हजार रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ ।
नेदरल्यान्डको लाइदेनमा भइरहेको १४ औँ ‘इन्टरनेसनल एयर ल मुट कोर्ट’ प्रतियोगितामा नेपाली टोली सेमिफाइनलमा पुगेको छ । नेदरल्यान्डको लाइदेन विश्वविद्यालयले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको सेमिफाइनलमा प्रस्तुति दिन चार सदस्यीय नेपाली टोली लाइदेन पुगेको छ । टोलीमा अधिवक्ता अनिता शर्मा केसी प्रशिक्षकका रूपमा रहनुभएको छ भने कानुनका विद्यार्थीहरू यशस्वी केसी, कोपिला खतिवडा र क्षितिज पराजुली प्रतियोगी रहनुभएको छ ।
नेपाली लोक सङ्गीतको क्षेत्रमा स्याङ्जाका लोक कलाकारको प्रभाव बढ्दै गएको देखिन्छ । स्याङ्जाका पुराना कलाकार चन्द्रबहादुर सेन ‘मसाने’, सावित्री शाह, राजेन्द्र लम्साल क्षेत्री, डिलबहादुर श्रेष्ठ, पुरुषोत्तम न्यौपानेलगायतले लोक सङ्गीतका क्षेत्रमा आफ्नो उचाइ बढाउनुभएको छ ।
नेफ्टा फिल्म अवार्डको एघारौँ संस्करणको मनोनयन सार्वजनिक भएको छ । अमेरिकाको टेक्सासमा २०२३ जुलाई २२ मा हुने अवार्डका लागि आयोजकले आइतबार उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । ‘उत्कृष्ट अभिनेता’ मा दयाहाङ राई, विपिन कार्की, दीपकराज गिरीसँगै अनमोल केसी र प्रदीप खड्का मनोनयनमा पर्नुभएको छ । अभिनेतृतर्फ अरुणा कार्की, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्का र मिरुना मगरबीच प्रतिस्पर्धा हुने भएको छ । चलचित्र ‘फूलबारी’ बाट कार्की, ‘कबड्डी ४’ बाट राई, ‘छक्कापन्जा ४’ बाट गिरी, ‘ए मेरो हजुर ४’ बाट केसी र ‘प्रकाश’ बाट खड्का उत्कृष्ट अभिनेताका लागि मनोनयनमा पर्नुभएको छ ।