• ७ वैशाख २०८१, शुक्रबार

नेपाली टोली सेमिफाइनलमा

blog

काठमाडौँ, जेठ १ गते । नेदरल्यान्डको लाइदेनमा भइरहेको १४ औँ ‘इन्टरनेसनल एयर ल मुट कोर्ट’ प्रतियोगितामा नेपाली टोली सेमिफाइनलमा पुगेको छ । 

नेदरल्यान्डको लाइदेन विश्वविद्यालयले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको सेमिफाइनलमा प्रस्तुति दिन चार सदस्यीय नेपाली टोली लाइदेन पुगेको छ । टोलीमा अधिवक्ता अनिता शर्मा केसी प्रशिक्षकका रूपमा रहनुभएको छ भने कानुनका विद्यार्थीहरू यशस्वी केसी, कोपिला खतिवडा र क्षितिज पराजुली प्रतियोगी रहनुभएको छ । 

नेपाली टोलीले पठाएको विषयवस्तुलाई आयोजकले छनोट गरेपछि नेपाल सेमिफाइनलमा पुगेको प्रशिक्षक केसीले जानकारी दिनुभयो । ५० देशका टोली सहभागी प्रतियोगिताको सेमिफाइनल आइतबार हुने जनाइएको छ ।