राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई आज (सोमबार) म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।
आदर्श पुरुष, स्वच्छ छविका नेता एवम् पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा यहाँ हुने पाँच दिने दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको अन्तिम तयारी पूरा भएको छ ।
आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त हुनुहुन्छ तनहुँको व्यास नगरपालिका–१३ का मेनुका आले । आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उहाँले बताउनुभयो ।
आइतबार (साँझ) वर्षासँगै आएको लेदोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा क्षेत्रमा सवार सवारीसाधन पुरिएका छन् ।
प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।
नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उहाँहरूले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणाधीन मोटरेबल पुल ठेक्का सझौताअगावै निर्माण सम्पन्न गर्ने गरी काम गरिएको छ। सडक विभाग अन्तर्गत रहेको पुल महाशाखा काठमाडौँले रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख रुपियाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो।
पचालझरना गाउँपालिकाले सशस्त्र सङ्घर्षका विषय समेटेर स्थानीय पाठ्यक्रम तयार पारेको छ । पाठ्यपुस्तकमा ‘दस वर्षे जनयुद्ध’ शीर्षक समावेश गरिएको छ । सशस्त्र सङ्घर्षको समयमा कालीकोटका ५२६ जना र पचालझरना गाउँपालिकाका करिब सय जनाले बलिदानी दिएको विषयलाई पाठ्यक्रममा समावेश गरिएको छ ।
रुकुमपश्चिमको जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा दिन थालेपछि थेरापी गराउनुपर्ने बिरामीलाई राहत भएको छ। जिल्लामै पहिलो पटक फिजियोथेरापी सेवा दिन थालिएपछि हाडजोर्नी तथा नसाको समस्या भएका बिरामीलाई फाइदा भएको छ। मुसीकोट नगरपालिका–१, मठका अमृता विकले जिल्लामै फिजियोथेरापी सेवा पाउँदा आफूलाई सहज भएको बताउनुभयो। ढाड र कम्मरको उपचारका लागि महिनामा दुई पटक दाङ वा नेपालगञ्ज जानैपर्ने बाध्यता हटेको उहाँको भनाइ छ।
देशभरका प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा सञ्चालनसम्बन्धी मापदण्डमा सर्वोत्कृष्ट भएको छ। न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम मूल्याङ्कनका आधारमा जिल्ला अस्पताल ९५ प्रतिशत अङ्क प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल भएको हो। आइतबार आयोजित एक कार्यक्रममा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमका संयोजक विमलचन्द्र पुनले देशभरका प्राथमिक अस्पतालको मूल्याङ्कनका आधारमा बैतडी जिल्ला अस्पताल पहिलो भएको घोषणा गर्नुभयो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला अस्पतालले उपचारमा निकै ठुलो फड्को मारेको बताउनुभयो। अस्पतालको स्वास्थ्य उपचार सेवा दीर्घकालसम्म टिकाइ राख्नुपर्नेमा उहाँले जोड
धर्म कमाउन भनेर पितापुर्खाले आफ्नो जग्गाजमिनसमेत मठमन्दिर, जात्रापर्व सञ्चालन, असहाय, पशुपन्छी एवं शिक्षाका लागि दान दिने चलन थियो । कसैले सरकार (गुठी संस्थान) लाई त्यस्तो जमिन जिम्मा दिए, कसैले निजी गुठी बनाएर सञ्चालन गर्न नयाँ पुस्तालाई दिए । कसैले सुन, चाँदी, तामा, पित्तल आदि दान दिए तर जसै जग्गाको भाउ अकासिँदै गयो, भ्रष्ट मतिका मान्छेले पुर्खाले राखिदिएको गुठीमा रहेका जग्गा आफ्नो नाममा बनाउन थाले । आफ्नो बनाउन नसक्नेले सोझासाझालाई सस्तोमा बेचेर कमाउन थाले । मठमन्दिरको नामको जग्गा सम्पत्ति व्यापार व्यवसायमा प्रयोग गर्न थालियो अनि त्यसबाट मठमन्दिरका लागि हुने आयस्तासमेत तिर्न तयार नहुने प्रवृत्ति देखियो ।