जाजरकोटको नलगाड नगरपालिका ४ को पिपल चौरका प्रेमबहादुर रावल ठुलो पानी परेको दिन रातभर सुत्न पाउनु हुन्न । पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्छौ रावलले भन्नुभयो, ‘पहिरोले बस्ती नै जोखिममा छ । बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो ।
मानिसले कहिलेकाहीँ गर्ने जथाभावी हर्कतलाई हेर्दा लाग्छ, उसको चेतनामा मानवताको कुनै अवशेष बाँकी छ कि छैन ? सम्भवतः तपाईंलाई पनि यस्तो लाग्दो हो। भन्नलाई त हामी आफूलाई प्राणीमध्येको सर्वोत्कृष्ट भन्छौँ। वास्तविकता त्योभन्दा टाढा भएजस्तो लाग्छ। कहिलेकाहीँ यसो आफूले गर्ने गरेका यावत् क्रियाकलापको संश्लेषण गरेर हेरौँ त आफूलाई सर्वोत्कृष्टता या निकृष्टता कुन पाटोमा उभ्याउन लायक सम्झन्छौँ ? यो यथार्थ अरूले भन्दा पनि आफैँले अनुभव र अनुमान गर्ने हो। मानिसको मस्तिष्क निर्माण गजबले भएको छ। जति मस्तिष्कलाई काममा लगायो त्यति ऊर्जावान्, रचनात्मक, सिर्जनशील हुँदै जाने यसको गुणको विशेषताको कहिले परख गरी सकिएला ? मेरो मस्तिष्क कमजोर र उसको बलियो वा बलशाली भन्ने हुँदैन। जन्मजात रोगी र अपवादबाहेक कमजोर/बलियो भन्ने पनि हुँदैन। ज्ञान/विज्ञान दुवैले त्यही धारणा राख्छन्। त्यसलाई जति कुनै काममा अभ्यस्त बनायो, तिखा–यो त्यति गतिशील, सिर्जनात्मक र रचनात्मक बन्दै जाने स्वभाव हुन्छ।
केयरगिभरमा छनोट भएकामध्ये ८६२ नेपाली इजरायल प्रवेश गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आउने आइतबार थप १४० इजरायल गएसँगै इजरायल प्रवेश गर्नेको सङ्ख्या एक हजार दुई जना नेपाली पुग्ने छन् । इजरायलमा सहायक श्रमिकका रूपमा पठाउने कार्यमा सफलता प्राप्त गरेको विभागको दाबी छ । अब बाँकी रहेका युवासमेत छिट्टै जाने तयारी रहेको बताइएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका रूपमा काम गर्न छनोट भएका एक हजार १७५ जनामध्ये करार सम्झौता (एसईसी) सम्पन्न भए पनि विभिन्न कारणले छ महिना रोकिएको थियो । विगत दुई महिनामा आठ सय नेपाली युवा इजरायल प्रवेश गरिसकेका छन् ।
भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यहाँ रहेका सबै ६८ वटै प्लटमा उद्योग स्थापना गर्न उद्योगीले सम्झौता गरेका छन् । सेजभित्र हाल सञ्चालन भइरहेका सातवटा उद्योगले १८ वटा प्लट उपयोग गरिरहेका छन् । बाँकी ५० वटा प्लटमा उद्योग स्थापनाका लागि आवेदन माग गरिएकोमा २६ उद्योग स्थापनाका लागि ५५ वटा प्लटका लागि आवेदन परेका हुन् ।
आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा महिलाको समानुपातिक सहभागितासहितको उम्मेदवारी माग गरिएको छ । दलित महिला केन्द्र नेपाल र माण्डवीद्वारा शुक्रबार आयोजित आगामी निर्वाचनमा महिलाको प्रत्यक्ष उम्मेदवारीबारे राजनीतिक दलसँगको अन्तक्र्रियामा यस्तो माग गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सचेतक मीन विश्वकर्माले प्रत्यक्षतर्फ पनि महिलाको उल्लेख्य उम्मेदवारी दिनुपर्ने विषय पार्टीभित्र उठिरहेको जानकारी दिनुभयो । प्रत्यक्षमा पुरुष उम्मेदवार मात्र हुँदा समानुपातिकमा महिला मात्र जाने अवस्था सिर्जना भएकाले प्रत्यक्षबाट पनि महिला ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले विपत् जोखिम कोषको रकम सही काममा सदुपयोग गर्न निर्देशन दिनुभएको छ। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गठित कार्यकारी समितिको बैठकमा शुक्रबार बोल्दै उहाँले विपत्का लागि छुट्याइएको रकम पूर्ण रूपमा सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो। त्यसका लागि विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अन्य सम्बन्धित निकायको उहाँले ध्यानाकर्षण गराउनुभयो।
प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले बागमती प्रदेश सरकारकै कारण प्रभावकारी रूपमा कार्यसम्पादन गर्न नपाएको देखिएको छ ।
राष्ट्रिय सभाले पारित गरेको साढे दुई वर्षपछि नेपाल मिडिया काउन्सिल विधेयकले प्रतिनिधि सभाको प्रक्रियामा गति लिएको छ। २०७६ माघ २३ गते माथिल्लो सभाले पारित गरेको विधेयकको सन्देश प्रतिनिधि सभामा २०७६ फागुन ६ गते पेस भएको थियो। अढाई वर्षसम्म विधेयक प्रतिनिधि सभामा अघि बढ्न सकेको थिएन। शुक्रबार प्रतिनिधि सभाले विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृत भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा परिभाषित गरेकाले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको बताउनुभएको छ ।
लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शुक्रबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच सम्झौता भएको हो । लघु, घरेलु तथा साना उद्यम विकास गर्न आवश्यक पर्ने प्रविधि अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्नेगरी समझदारी भएको हो । प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष महावीर पुनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
अगस्ट महिनामा हवाई मार्ग हुँदै ४१ हजार ३०४ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यो महिनामा १७२ देशबाट सो सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । नेपाल भित्रिने २४ हजार ९२४ जना पुरुष पर्यटक छन् भने १६ हजार ३७२ महिला पर्यटक रहेका छन् । बाँकी आठ जना पर्यटकलाई भने विभागले अन्य समूहमा राखेको छ । विभागका अनुसार अगस्टमा मात्रै ८० हजार ३५३ जना पर्यटकको आगमन भएको छ ।
विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो । नेपालगञ्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड र भरतपुर विमानस्थलको टर्मिनल भवन बनाउन एक अर्ब ७५ करोड रुपियाँ लागत अनुमान गरिएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार करि
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पब्लिक लिमिटेड कम्पनी दर्ता भएको छ। कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा शुक्रबार दर्ता भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजना कम्पनी मोडलमा निर्माण गर्न सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै घोषणा गरिएको थियो। गत असार १४ गते सरकारले कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा उत्साह र उमङ्गका साथ मनाइने गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गौरालगायतका पर्वले राष्ट्रिय एकता सुदृढ पार्न थप सहयोग पु-याउँदै आएको उल्लेख गर्नुभएको छ। उहाँले सन्देशमा गौरा पर्वको सांस्कृतिक, धार्मिक महìवलाई आगामी दिनमा अझ बढी प्रचारप्रसार गर्दै यसलाई राष्ट्रिय चाडका रूपमा स्थापित गर्न सबैले जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
नेपाली काँग्रेस डडेल्धुराले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सो पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सर्वसम्मतरुपले सिफारिस गरेको छ ।