संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले नेवार समुदायको भाषा, संस्कृति र संस्कार नै पहिचानको मूल आधार भएकाले त्यसको संरक्षणमा लाग्न सबैलाई आव्हान गर्नुभएको छ । नेवार समुदायको संस्कृति र संस्कार दिनदिनै ओझेलमा पर्दैगएको चिन्ता व्यक्त गर्नुहुँदै उहाँले सो आव्हान गर्नुभएको हो ।
भक्तिविलास पोखरेलगाईघाट, भदौ १७ गते । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको हत्या भएको छ । शुक्रबार बिहान एकै परिवारका बाबु, आमा र छोराको शव भेटिएपछि हत्या भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश पोदारका अनुसार बेलका नगरपालिका ७ को मैनामैनीमा भएको घटनामा बाबु, आमा र छोराको शव भेटिएको हो । प्रहरी उपरीक्षक पोदारका अनुसार ३७ वर्षीय राजकुमार बस्नेत, उहाँकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीया सुजन बस्नेतको शव भेटिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा उहाँको भनाइ छ । घटनाको अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पोदारले जानकारी दिनुभयो । विभत्स हत्यापछि शव खेत र खोला किनारमा फालेको अवस्थामा संकलन गरिएको उहाँले बताउनुभयो ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रस्तुतरूपमा पुनः बहुमतले पारित गरेको हो।
महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताउनुभएको छ।
काठमाडौं, भदौ १७ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गर्नुभएको छ।शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो। महामन्त्री थापाले आफूहरु पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुरा पार्टीबाट नहुने बताउनु भयो। उहाँले संविधानले बर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गर्नुभयो। ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा हुँदासम्म पार्टीबाट यो निर्णय नहुने बताउनु भयो।उहाँले भन्नुभयो, ‘‘नायनराज दाइले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला। संविधानले, विधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनैपनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आवश्वस्त पार्दछु।’महामन्त्री थापाले नियम र कानुनले मात्रै समाज नचल्ने र समाज चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताउनुभयो।
कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको जानकारी दिनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।
काठमाडौं, भदौ १७ गते । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ८६९ जनाको कोरोना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको हो।एक हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ र एक हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९८ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा तीनजना सङ्क्रमितको मृत्यु भएको छ। त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८९१ छ ।
सुदूरपश्चिम प्रदेशको सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा बैठकबाट पारित भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड बैठक शुक्रबार दिउँसोबाट सुरु भएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नतिजा प्रकाश गर्न बोर्डको बैठक भर्खर सुरु भएको जानकारी दिनुभयो ।
अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आईएस) का कार्यकर्तालाई मारेको छ । आईएस कार्यकर्ता लुकेको सुचनाका आधारमा सेनाले कारबाही गर्दा गर्दा एक जनालाई मारेको राज्य सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।
दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा गाउँमा रहेको कुलपानी हरित पार्क यतिखेर पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास हुदै गएको छ । पार्कको प्रवेशद्धारमा हालै निर्माण गरिएको बाघ, जरायो, मयुरले पार्कको सुन्दरता थप बढाएको हो ।
प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान र श्रीमती दुबै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभयो हो । उहाँले श्रीमान र श्रीमती दुबैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो ।
बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–११ क्वाछे बस्ने ४० वर्षीय दिपक तुल्सीब्याखा रहेका छन् ।