• १३ असोज २०८१, आइतबार

दफावार छलफलका लागि बेपत्ता र सत्य निरूपण आयोग विधेयक समितिमा

blog

काठमाडौं, भदौ १७ गते । प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।

बैठकमा सो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यस्तै, बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभाको सन्देशसहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको आगामी बैठक भदौ १९ गते आइतबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ ।