• २७ चैत २०८२, शुक्रबार

प्रतिनिधिसभा बैठकः उपसभामुख पदका उम्मेदवारको प्रस्तावमाथि छलफल

blog

काठमाडौँ, चैत २७ गते । प्रतिनिधिसभामा उपसभामुख पदमा सदस्य सरस्वती लामा र सदस्य रुबीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्ताव छलफलका प्रस्तुत भएका छन् । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ‘लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनेर प्रस्ताव राख्नुभयो । उक्त प्रस्तावमा ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गर्नुभयो ।

दोस्रो प्रस्तावका प्रस्तावक श्रम संस्कृति पार्टीका सांसद आरेन राईले ‘ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भन्नेमा प्रस्ताव पेस गर्नुभयो । सांसद राईले जेनजी उमेर समूहकी ठाकुरलाई उपसभामुखमा अघि सारिएको बताउँदै उहाँले मधेसका सम्पूर्ण छोरीचेलीको आवाज बोक्ने विश्वास व्यक्त गर्नुभयो ।

समर्थक अशोककुमार चौधरीले संसद्कै कान्छी सांसद बन्दा नेपालको संविधानले परिकल्पना गरेको समावेशी, प्रतिनिधित्वको व्यवहारिक कार्यान्वयनको उत्कृष्ट उदाहरण हुने बताउनुभयो । साथै अम्बिकादेवी सङ्ग्रौलाले पनि यो प्रस्तावलाई समर्थन गर्नुभयो ।