शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, भदौ १७ गते । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–११ क्वाछे बस्ने ४० वर्षीय दिपक तुल्सीब्याखा रहेका छन् ।
तुल्सीब्याखालाई कास्की प्रहरीको सहयोगमा पोखराबाट बिहीबार पक्राउ गरेको हो । तुल्सीब्याखाले २०५४ मङ्सिर ८ गते ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ ।
वि.सं.२०६३ माघ ८ गतेको सर्वोच्च अदालतको फैसलाले तुल्सीब्याखालाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडित बालिकालाई भराई दिने फैसला भएको थियो ।
परिसरका सूचना अधिकारी राजु पाण्डेले फैसला भएलगत्तै फरार रहेका तुल्सीब्याखा पोखरामा व्यवसाय गर्दै आइरहेको सूचनाका आधारमा प्रहरी परिसर भक्तपुरको टोलीले कास्की प्रहरीको सहयोगमा पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरेको जानकारी दिनुभयो ।