अलपत्र परेको खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रे आयोजनाको पुनः ठेक्का खुलाइएको छ । निर्माण कम्पनीले सडक अलपत्र पारेर छाडेपछि ठेक्का तोडेर पुनः अर्को ठेक्का खुलाइएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधि सभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
काठमाडौँ महानगरपालिकाका नगर सभा १५ औँ अधिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ बैठकबाट सकिएको हो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ ।
मिडिया ठाँटी प्रालिले प्रथम वार्षिकोत्सवको अवसरमा तीन दिने निःशुल्क भाषण तथा उद्घोषण तालिम सञ्चालन गरेको छ ।
गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ महिनासम्मका बालबालिकाहरूले लगाउनुपर्ने सम्पूर्ण खोपहरू पूरा भएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले जानकारी दिनुभयो ।
पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नं ३ मेस्पाङमा भासिएको सडक प्लाष्टिकले छोपिँदै ।
जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु. १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दुधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस-एमालेबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताउनुभएको छ ।
सुनसरीमा चार दिनदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित मादी, सेती र त्रिशुलीनदीको सङ्गमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली ।
नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ ।
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुवाहक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटनापछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पाल्पालाई ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको छ ।