नवदुर्गा गाउँपालिका–४ का गाउँमा लामो समयपछि बिजुली बलेको छ । सोलार र टुकीको भरमा उज्यालो बाल्न बाध्य यस क्षेत्रका चार गाउँका बासिन्दा बिजुली बलेपछि खुसी भएका छन् ।
अञ्जनी जोशी – कौसी क्विनको फस्र्ट रनर अप गङ्गादेवी तिमल्सिना, सेकेन्ड रनर अप कमला घिमिरे र थर्ड रनर अपको उपाधि कमलामाया श्रेष्ठले प्राप्त गरे । – बढ्दो सहरीकर
गत कात्तिक १७ गतेको भूकम्पबाट अति प्रभावित भेरी नगरपालिका–१, मैदे च्याउपानीमा ११ घरपरिवारलाई सुरक्षाका लागि भन्दै खुला चौरमा स्थानान्तरण गरिएको छ । भूकम्पका कारण घरमाथिको जमिन चर्किएर
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँख गाउँसँगै जोडिएको मध्यपहाडी राजमार्ग । सुन्दर बस्ती र बीचगाउँमा दह भएकाले उक्त गाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
मोरङको बेलबारी नगरपालिकाका प्रथम नागरिकको सम्मानमा नगरपालिकाले नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास (होमस्टे) निर्माण गर्ने भएको छ ।
सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार फरक रहेको तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ । अदालतको आदेश अनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागु हुने छ । समान मर्यादाव्रmममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेको कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले असार १० गते परमादेश आदेश जरी गरेको थियो ।
नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आज (बुधबार)देखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो ।
मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।
काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । राष्ट्रिय सभागृहमा मङ्गलबार बसेको महानगरपालिकाको नगर सभाको १५ औँ अधिवेशनको पाँचौँ बैठकले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम संशोधनसहित सर्वसम्मत पारित भएको हो । महानगर प्रमुख शाहले जेठ ३२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
रामधुनी नगरपालिका–३, पिप्रहाका वीरेन्द्र चौधरीले तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । ५२ वर्षीय चौधरी धान खेती नै गर्न छाडेर मौसमी र बेमौसमी तरकारी खेतीमा लाग्नुभएको हो ।
दसबर्से सशस्त्र द्वन्द्वका घटनाले मानव मनमा लगाएका युद्धका घाउ सङ्व्रmमणकालीन न्यायमार्फत पुरिन सकेका छैनन् तर युद्धस्थल भने रूपान्तरण हुन थालेका छन् । तिनका रूपान्तरण र संरक्षणमा कर्णाली प्रदेश सरकार जुटेको छ ।
रामेछापको मन्थली नगरपालिका –७ भटौलीमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागद्वारा असार १९ गते जारी गरिएको निर्देशन कार्यान्वयन नगर्न नगराउन नेकपा (एमाले) केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले आग्रह गरेको छ ।