उदपुरको त्रियुगा नगरपालिका–१५ स्थित रानिवासमा पहिरोमा पुरिएका दुईमध्ये एक जनाको मृत्यु भएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–५ कांग्रेसचोकबाट ड्रोनले खिचेको गैँडाकोटको बजार, नारायणी नदी र चितवनको नारायणगढ बजार क्षेत्र ।
रुकुममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाको कारण पहिरोमा परेर एक जनाको मृत्यु भएको हो। अन्य तीन जनाको उद्धार भएको छ।
तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलास्थित सडकमा मङ्गलबार साँझ झरेको पहिरोले अवरुद्ध भएको सडक ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताउनुभएको छ।
विश्व बैङ्कको करिब साढे तीन अर्ब लगानीमा पोखराका तीन सडक खण्ड स्तरोन्नति गरिँदै छ। महानगरको तालचोकदेखि बेगनास, शिशुवादेखि खुदीखोला र कालिकास्थान–पुडिटार–लामेआहाल स्तरोन्नतिको काम जारी छ।
बाढी वितण्डाले तहसनहस पारेको कैलाली, कञ्चनपुरका बाढी प्रभावितको जनजीवन केही सहज बनेको छ।
सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितसँग छलफल गर्ने भएको छ।
झापामा मनसुनजन्य घटनाबाट चार जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ज्ञान समृद्धिको आधार भएकाले शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सीप र दक्षता पनि अभिवृद्धि बढाउनुपर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले अल्पमतमा परिसकेको भन्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राजीनामा दिन माग गरेको छ।
प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ ।
अर्घाखाँचीमा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मध्ये असारसम्म ४५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । जिल्लाको कुल २६ हजार खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत अर्थात् ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा पहिलो पटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ।
सिराहाको नरहा गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।