महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग ३३ रनले पराजित भएको छ। एसिया कप खेल्न श्रीलङ्का पुगेको महिला राष्ट्रिय क्रिकेट टिमले श्रीलङ्का डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेलेको हो।
बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । आज तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिनुभयो ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँख गाउँसँगै जोडिएको मध्यपहाडी राजमार्ग । सुन्दर बस्ती र बीचगाउँमा दह भएकाले उक्त गाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ। राजमार्गको कालीकोट खण्डमा पर्ने एसमोडमा आएको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार संविधानको धाराभित्रबाटै नयाँ सरकार बन्ने बताउनुभएको छ ।
जिल्लामा गत शनिबारदेखि अवरुद्ध विद्युत सुचारु भएको छ । वर्षातका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको एसमोडमा पहिरो जाँदा पोल ढलेर अवरोध भएको विद्युत मङ्गलबार दिउँसोबाट सुचारु भएको हो ।
बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि कांग्रेस र नेकपा (एमाले) एक भएको बताउनुभएको छ । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गढवा गाउँपालिका-५ खजरौटामा आमा समूह गठन भएको तीन वर्ष भयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।
रुसी सेनाले गत राति सीमा नजिक ३८ युक्रेनी ड्रोन नष्ट गरेको मन्त्रालयले दाबी गरेको छ । मङ्गलबार आस्ट्राखानका गभर्नर इगोर बाबुस्किनले भन्नुभयो, “युक्रेनले यस क्षेत्रलाई लक्षित गरी उत्तरमा ड्रोनमार्फत आक्रमणको ठुलो प्रयास सुरु गरेको थियो ।”
जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
सांसदहरूले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताउनुभएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ ।