सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन (२०७९ साउना–२०८० असार)” पेश गर्नुहुने कार्यसूची रहेको छ ।
कैलाली प्रहरीले विभिन्न मुद्दाका फरार पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सबै प्रदेशको प्रदेश कार्यालयस्थित भवनमा लर्निङ् सेन्टर सञ्चालनमा ल्याएको छ ।
निरन्तरको वर्षाले अवरुद्ध भएको सडक खुलाउन मनाङका युवाहरु लागिपरेका छन् । नासोँ गाउँपालिका–५ थोँचेबाट वडा नं. ८ ताचै जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको थियो ।
पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैंचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा पहिरोले घर पुरिँदा एकको मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
मोरङको बेलबारी नगरपालिकाका प्रथम नागरिकको सम्मानमा नगरपालिकाले नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जिवित सङ्ग्राहालय र होमस्टे (घरवास) निर्माण गर्ने भएको छ ।
स्थानीय बजारमा सुन मूल्य प्रतितोला नौ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन मङ्गलबार भने एक लाख ४४ हजार एक सय निर्धारण भएको छ ।
रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।
सुर्खेतको वीरेन्द्रनगर ४ कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पताल र आसपासको क्षेत्र । हाल तीन सय शय्यासहितको स्वास्थ्य सुविधा रहेको यस अस्पताललाई पाँच सय शय्याको बनाउन १ अर्ब २ करोड ४२ लाख ७२ हजार रुपैयाँ लागतमा एक तला थप गरिँदैछ ।
सात दिनको वर्षापछि मङ्गलबार आकाश खुलेसँगै देखिएको छायाँनाथ रारा नगरपालिका(१ स्थित श्रीनगर गाउँ र आसपासको रमणीय क्षेत्र ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो ।
काठमाडौँ महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । काठमाडौँ क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजश्व नबुझाएको भन्दै ताकेता गरेको छ ।
काठमाडौँ महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । काठमाडौँ क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजश्व नबुझाएको भन्दै ताकेता गरेको छ ।
नव बेहुला राजिव र म बेहुली रक्षा एउटै ओछ्यानमा सुतेका छौँ । मेरो निन्द्रा रातिसम्म पनि परेको छैन । जिउमा आगो सल्किरहेको छ, सँगै मनमा पनि । जवानीको उन्मादले जिउमा आगो सल्केर असिनपसिन छु । मनमा शङ्का र चिन्ताको आगो भएर भुवा उडे जसरी उड्दै छन् । खै कस्तो आगो ? नव बेहुला राजिवलाई गलाउन नसक्ने । खै कस्तो प्रेम ? जवानीको आगो दनदनी बलेको बेलामा पनि तातो नहुने ।