काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–१ स्थित ‘नमोबुद्ध’ गुम्बा रहेको स्थानलाई भगवान् गौतम बुद्धको पहिलो जन्मस्थलका रूपमा चिनिँदै आएको छ । बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा नन ग्रेडेड (अवर्गीकृत) समूहमा परेका विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन गरेको छ ।
सुदूरपश्चिमको तराई क्षेत्र बाढीले अस्तव्यस्त भएको छ । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कञ्चनपुर र कैलालीमा वितण्डा मच्चाएको हो ।
स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई साढे तीन करोड रकम वितरण गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउनयोग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण सुरु गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली २०८० अनुसार गरिबी, भौगोलिक विकटता, विपत् वा त्यस्तै अन्य कुनै कारणले खाद्य असुरक्षाको जोखिममा रहेका लक्षित घरपरिवारलाई पहिचान गरी खाद्य सहायता परिचयपत्र दिने भएको छ ।
अविरल वर्षापछि सोमबार खुलेको मौसममा देखिएको रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजार आसपासको दृश्य ।
वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
वर्षायाममा बाढी आउनु, पहिरो जानु सामान्य कुरा नै हो तर प्रत्येक वर्ष १७ नम्बर भिरमा खस्ने पहिरोले सबैको ध्यान खिच्ने गरेको छ । सुनसरीको वराहक्षेत्र नगर–१ मा रहेको
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई सोमबार विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाइएको थियो । अध्यादेश प्रतिस्थापन विधेयक भएकाले ६० दिनको संवैधानिक सीमा दबाबका कारण राष्ट्रपति पौडेलले सोमबार नै विधेयक प्रमाणीकरण गर्नुभएको हो । सभामुख देवराज घिमिरेले विधेयक प्रमाणित गरेर पठाएलगत्तै राष्ट्रपतिले प्रमाणीकरण गर्नुभयो ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले क्यान्सर रोगको समयमा नै पहिचानका लागि प्रयोगशाला तथा क्यान्सर रोगको अनुसन्धान सुरु गर्ने भएको छ । विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनमा क्यान्सर रोगको समयमै पहिचान, उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि बढाएको हो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवारले भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुकसँग शिष्टाचार भेट गर्नुभएको छ । हालै भुटानमा भएको उक्त भेटमा उहाँहरूबिच सार्कका गतिविधि र आगामी योजनासम्बन्धमा छलफल भएको सार्क सचिवालयले जनाएको छ ।
स्वास्थ्यकर्मीको सेवा स्वास्थ्य संस्थामा वा बाहिर पनि ? उत्तर पक्कै बाहिर पनि भन्ने नै आउँछ । अनि बाहिर जाँदा स्वास्थ्य सरोकारकै अथवा अरू ? यसमा पनि स्वास्थ्य सरोकारकै भन्ने आउँछ तर प्युठा
यतिबेला जुम्लाका खेतहरू मार्सी धानले हरियो भएको छ । चैतको महिना बीउ राखेर असारमा गोडमेल गर्ने गरिन्छ । रैथाने बालीभित्र पर्ने मार्सी पौष्टिक, आर्थिक तत्त्वले समेत महत्त्वपूर्ण हुने भएकाले हुँदा जुम्लाका ज्युलोमा अहिले मार्सीलगाउने गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको लामो समयपछि यसको सम्भावनाको खोजी सुरुभएको छ ।
डिभिजन बन कार्यालय गोरखाले खाली जग्गामा वृक्षारोपण गर्न निःशुल्क बिरुवा वितरण गरेको छ ।