कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण कोरिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डका विभिन्न स्थानहरूमा पहिरो खसेर सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो ।
रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ ।
जिल्लास्थित मोहना, खुटिया, कटैनी, कान्द्रा, काँढा, पथरैया, कर्णाली लगायतका नदीमा पानीको बहाव घटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ । तीन ‘स’ अर्थात् सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि बढेको सरकारले यी तीनवटै क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त गरेको छ ।
निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ ।
समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
फ्रान्सको संसदीय चुनावमा वामपन्थीहरूले अग्रता लिइरहेको प्रारम्भिक मतगणनाले देखाएको छ ।सबै अपेक्षा विपरीतपेरिसमा वामपन्थी कार्यकर्ताहरूको ठुलो भीड भेला भई मतगणनाको अन्तिम परिणामको पर्खाइमा रहेको छ ।
शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको बाढी र डुबानले कैलालीको १ सय ३६ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका ५ सय ९१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकाले सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८०-२०८१ मा पालिका भित्रका सम्पूर्ण नागरीहरूको सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ ।
जुम्ला पुग्नेहरूका लागि पहिलो पर्यटकीय गन्तव्य हो, तातोपानी गाउँ । तिला नदिको किनारमा रहेको तातोपानीको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरूको बाक्लै भिड लाग्छ ।
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार अल्पमतमा परेकाले नयाँ सरकार गठनमा सहजता प्रदान गर्न आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग भेटवार्ता गर्नुभएको छ । वार्तामा नेताद्वयले युक्रेन सङ्कटबारे विचार आदानप्रदान गरेका छन् ।
लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ ।