नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुने सांसदहरूले मनसुनी वर्षापछि देशभर बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन संसद्मार्फत सरकारसँग माग गर्नुभएको छ ।
कैलालीको धनगढीमा लागूऔषधसहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दार्चुलाको महाकाली नगरपालिका–४ का २१ वर्षीया आरती धामी पक्राउ पर्नुभएको हो ।
नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमालेका सांसदहरुले प्रधानमन्त्रीको अविलम्व राजीनामा माग गरेका हुन् ।
अविरल वर्षाका कारण आएको बाढीपहिराेलगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।
लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित रहेको घर । नदी र तटीय क्षेत्रका स्थानीयवासी डुबानका कारण बढी प्रभावित भएका छन् ।
असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई । तर मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा भने केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन् ।
नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताउनुभयो ।
सुनसरीको रामधुनी नगरपालिका ९ डुम्राहाको छप्की पोखरी क्षेत्रमा चिल्ड्रेन पार्कको निर्माण गरिएको छ । स्थानीय बालबाकिलाहरुलाई लक्षित गरेर छप्की पोखरी क्षेत्रमा चिल्ड्रेन पार्कको निर्माण गरिएको हो ।
जिल्लाभर कर्णाली करिडोर आन्तरिक यातायात सेवा अवरुद्ध भएको छ । बिहीबार बेलुकाबाट लगातार वर्षा भइरहेकाले ठाउँ–ठाउँमा गएको पहिराका कारण यातायात सेवा बन्द भएको हो ।
सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने क्रममा आइतबार राती एक बालक बेपता भएका छन् । कोशी व्यारेज पुलमा भालासहित दाउरा सङ्कलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएका हुन् ।
बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरूषको खोजी कार्यलाई तिव्र पारिएको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेलेजनाएको छ ।
बागमती प्रदेश सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरुले राजीनामा दिएका छन् । सङ्घमा नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका पाँचजना मन्त्रीले राजीनामा दिनुभएको हो ।
आज सुनको मूल्य तोलामा रु. चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९/०८०” पेश गर्नुहुने कार्यक्रम रहेको छ ।