प्युठानमा ट्रयाक खुलेको २७ वर्षसम्म स्तरवृद्धि हुन नसकेको सडक कालोपत्रे थालिएको छ । सरुमारानी गाउँपालिका–४ बड्डाडादेखि ऐरावती जोड्ने सडक गाउँपालिकाले कालोपत्रे सुरु गरेको हो । एक किलोमिटर लम्बाइ र पाँचमिटर चौडाइ सडकलाई कालोपत्रे गर्न लागिएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा एक करोड १० लाख रुपियाँको लगानीमा सडक कालोपत्रे हुने भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ लागू गरेको छ । प्रदेशमा बाढी, पहिरो, चट्याङ, डुबानलगायतका विपत्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले सो कार्ययोजना लागू गरेको हो ।
नेपाल सरकारले अफगानिस्तानमा शक्तिशाली भूकम्पले एक हजार जनाको ज्यान लिएको घटनाप्रति दुःख व्यक्त गरेको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा गएको विनाशकारी भूकम्पका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि प्रकट गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६० हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ । भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको साल्ट टे«डिङका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङको भूबनोट उस्तै छ । निकटतालाई हेर्ने हो भने पनि काठमाडौँसँग नुवाकोट र धादिङ जोडिएका छन् तर काभ्रे र काठमाडौँको बीचमा अर्को जिल्ला भक्तपुर पर्छ तर काभे्रको जुठेल्नो नुवाकोट र धादिङ बन्दै आएको छ । करिब ६५ किलोमिटरको दूरीमा रहेको नुवाकोटका ल्यान्डफिल साइट नुवाकोटको सिसडोल तथा धादिङ र नुवाकोटको सीमामा पर्ने बन्चरेडाँडामा काभ्रेको बनेपा नगरपालिकाको फोहोर चार वर्षदेखि विसर्जन हुँदै आएको छ ।
अङ्ग्रेजीमा एउटा कहावत छ –आई वील सी इन द कोर्ट अर्थात् तिमीसँग अदालतमा भेटौँला । कसैले अन्याय ग¥यो भने निसाफ पाउने भरोसाका साथ नागरिकले यस्तो भन्ने गर्छ । यति पवित्र र आस्थाको धरोहरका रूपमा रहेको न्यायिक क्षेत्र घुस प्रकरणमा तानिँदा भने जनतामा निराशा र दिक्दारी देखिनु स्वाभाविक हो । हालै मात्र यस्तो घटना सार्वजनिक भएको छ । अदालतमा विचाराधीन एउटा मुद्दा मिलाइदिने भन्दै कानुन व्यावसायी नै बिचौलियाको भूमिका देखिएका छन् ।
जननायक बीपी कोइरालाले कुनै सन्दर्भमा भन्नुभएको छ, “तानाशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो ।” नेपाली राजनीति वर्तमान परिदृश्यमा निकै पेचिलो छ । पाँच दलीय गठबन्धनको जगमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएपछि राजनीतिमा अनेक ‘गोयबल्स’ चरित्र प्रस्तुत भए । पछिल्लो घटना पूर्ववर्ती नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली नेतृत्वको नेकपा सरकारले गरेको विवादित सैन्य साझेदारीको विषयसँग जोडिएर आएको छ ।
जेठ दोस्रो साता पतिको कुटाइबाट गम्भीर घाइते भएकी खैरहनी नपा–१०, चितवनकी एक ४० वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भयो । कम्मरमा गहिरो चोटसहित यौनाङ्ग क्षतविक्षत हुने गरी पीडक पति रामचन्द्र माझीले उनीमाथि चरम हिंसा गरेका थिए ।
निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रामेछाप जिल्लाको सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माण कार्य अलपत्र बनेको छ । भारतीय एक्जिम बैङ्कको सहयोगमा करिब अठार महिनादेखि कालोपत्रेका लागि सडक विस्तार सुरु गरिएकोमा सडक निर्माणको काम बीचैमा छोडेर निर्माण व्यवसायी हिँडेपछि सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ ।
नागरिकमा प्राकृतिक स्रोतबारे जानकारी भए पनि प्राकृतिक पुँजीबारे आधारभूत ज्ञान थोरैलाई मात्र छ । मानव सीप, श्रम तथा समय लगाई अर्थ वा वित्तीय पुँजीमा परिणत गराउन सकिने स्रोतलाई प्राकृतिक पुँजी भनिन्छ । उदाहरणका लागि खोला वा नदी किनारको ढुङ्गालाई लिन सकिन्छ । मानिसको सीप, श्रम र समय लगाएर माग भएको बजारसम्म ल्याइपु-याइन्छ ।
मानव अधिकार विश्वव्यापी सरोकार र चासो भएको संवेदनशील विषय हो । प्रत्येक मानिससँग जोडिएका जन्मसिद्ध अधिकारको सुरक्षा हुनुपर्दछ भन्ने यसको मर्म हो । मानव अधिकारमा मूलतः तीन विषय अन्तरसम्बन्धित रहेका हुन्छन् । पहिलो, अधिकार प्राकृतिक हुनुपर्दछ । दोस्रो, त्यस्तो अधिकार सबैलाई बराबर हुनुपर्दछ । तेस्रो, त्यस्तो अधिकार विश्वव्यापी हुनुपर्दछ । यसर्थ मानव भएबापत पृथ्वीका सबै मानिसले समान ढङ्गले पाउने अधिकार मानव अधिकार हो ।
पौडीबाज गौरिका सिंह र ब्याडमिन्टन स्टार प्रिन्स दाहालले एनओसी अवार्ड जित्नुभएको छ । नेपाल ओलम्पिक कमिटीले (एनओसी) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२२ का अवसरमा बिहीबार महिलातर्फ गौरिका र पुरुषमा प्रिन्सलाई एनओसी अवार्ड प्रदान गरेको हो ।
काठमाडौं, असार ९ गते । लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले आज त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिनुभएको थियो । प्रधानसेनापति शर्माले शान्ति मिसनमा उल्लेखनीय कार्य गर्ने शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानका रूपमा रहेको सिरियाको माउण्ट हर्मन इलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ योगदान दिई नेपाल, नेपाली सेना र संयुक्त राष्ट्रसङ्घको विश्वसनीयता बढाएकामा शान्ति सैनिकलाई धन्यवाद दिनुभयो । निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्मासहितको टोलीले सिरियाका सैनिक अधिकृत तथा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।
भक्तपुर, असार ९ गते। पत्नी शोकमा पर्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गर्नुभएको छ। बिजुक्छेलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गर्नुभएको हो। बिजुक्छेकी पत्नी शोभा प्रधानको क्यान्सर रोगको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर रोग निवारण संस्थामा बुधबार निधन भएको थियो। रासस
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्डफ्लू भेटिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यावसायिक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो ।