युवा गैरसरकारी संस्था महासङ्घका नव निर्वाचित अध्यक्ष नारायण गिरी नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यूथ लिडरसिप समिट २०२४ ले जारी गरेको २१ बुँदे घोषणा पत्र हस्तान्तरण गर्दै युवाको एजेन्डामा ध्यानाकर्षण गराएको छ ।
निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार असार २५ गते मंगलबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो ।
दाङमा पहिरो खस्दा घोराही–मसिना–सैघा सडक अवरुद्ध भएको छ । लगातार परेको बर्षाका कारण घोराही उपमहानगरपालिका –१८ र १९ को सिमा अम्धारा सडकमा पहिरो खस्दा सडक अवरद्ध हुन पुगेको सैघा स्वास्थ्य चौकीका प्रमुख ज्वलन्त खड्काले जानकारी दिनुभयो ।
कर्णाली नदीमा बाढीको सतह १० मिटरमाथि उक्लेको छ । आइतबार साँझ ६ः५० बजे १० मिटर १ सेन्टिमिटर पुगेको छ । कर्णाली नदीमा १० मिटरलाई शतर्कताको तह र १० मिटर ८० सेन्टिमिटरलाई खतराको तह मानिन्छ ।
वर्षाले अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–कोत्रेखण्ड एकतर्फी सञ्चालन भएको छ।
तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण बाँकेका दुई दर्जन बढी गाउँ र टोल डुबानमा परेका छन्। राप्ती नदी, विभिन्न नदी र खोला छेउ र सहरी क्षेत्रका गाउँ टोलहरू डुबानमा परेको स्थानीयले जनाएका छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलले अल्पमतमा पर्नुभएका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार सञ्चालनका लागि नैतिकता गुमाइ सकेको ठहर गरेको छ।
सुदूरपश्चिम प्रदेशमा चार वटा नदीले सतर्कता तह पार गरेको छ।
लगातारको वर्षाले गर्दा मनाङको नासो गाउँपालिका-५ थोँचे कटानको गर्दा धरापमा पर्दै गएको छ।
अविरल वर्षाका कारण आएको बाढी पहिराेलगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिराेमा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पहिरोले एक घर र गाडीमा क्षति गरेको छ।
भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा (एसइई) परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई आज जनही एक लाखसहित सम्मान गरेको छ । गाउँपालिकाले गत वर्षदेखि यस्तो सम्मान गर्दै आएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताउनुभएको छ ।