डिभिजन वन कार्यालय स्याङ्जाले २८ हजार ६१० फलफूलका बिरुवा वितरण गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इन्चार्ज र सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिसम्म वर्षा हुने सम्भावना रहेका कारण उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् ।
नाबालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव राजदूत गुलाम सरवारको भुटान भ्रमण सम्पन्न भएको छ ।
चितवनको भरतपुर १ आँपटारीस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको दियालो बङ्गला दरबार सङ्ग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।
फ्रान्समा आइतबार दोस्रो चरणको निर्वाचनका लागि मतदान भएको छ । निर्वाचनले संसदमा अति दक्षिणपन्थी शक्तिलाई प्रमुख शक्तिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
शक्ति पीठको रूपमा स्थापित गहवामाईको नवनिर्मित मन्दिरको १२ औँ वाषिर्क पूजा एवं दोस्रो रथयात्रा आइतबार उत्सवकासाथ सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लाका उत्कृष्ट चार जना कृषकलाई सम्मान गरेको छ । कृषि क्षेत्रका योगदान गरेका किसानलाई मूल्याङ्कनका आधारमा छनोट गरी सम्मानित गरिएको हो ।
प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभामा टेबल भएको छ ।
प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबिच सरकारमा सहभागी ठुलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा तर्कवितर्क भएको छ ।
धनकुटामा ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । बेलैमा पर्याप्त वर्षा नभएका कारण धनकुटामा ढिलो गरी रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र धनकुटाका केन्द्र प्रमुख नगेन्द्र रानामगरले बताउनुभयो ।
तनहुँमा झण्डै चार महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसुरु भएको छ।