काठमाडौँ, असार २३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिसम्म वर्षा हुने सम्भावना रहेका कारण उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार दिउँसो बर्दियामा सबैभन्दा बढी दुई सय २२ मिलिलिटर वर्षा भएको छ । यसैगरी, पश्चिमतर्फ कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत तराइ क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ ।
उहाँले देशभरका अधिकांश स्थानमा वर्षा भइरहेको भन्नुहुँदै पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भारी वर्षा भएको बताउनुभयो । महाशाखाका अनुसार सोमबारदेखि मौसममा सुधार आउने छ ।