प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ ।
बाढीका कारण नदी पार गर्न नसकेर रातभर फसेका चार जना डुङ्गा चालकको आइतबार उद्धार भएको छ।
बाजुराको साफे-मार्तडी सडक पुन सुचारु भएको छ । हिजो राती परेको अविरल वर्षाका कारण मार्तडी गडखेत नजिकको सडकमाथिबाट आएको पहिरोले बिहान पाँचदेखि छ बजेसम्म सडक अवरुद्ध भएको थियो ।
जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आइतबार १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।
सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका १ सय ४९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ ।
लगातारको तीन दिनको अविरल वर्षाले अर्घाखाँचीको सडक अवरुद्ध भएको छ । वर्षाका कारण अर्घाखाँचीको मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडक आइतबार बिहानदेखि अवरुद्ध भएको हो ।
प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन (आव २०७९/८०) पेस भएको छ ।
यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिनुभयो ।
भारत प्रशासित काश्मीरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ ।
रासायनिक मलको अभाव नरहेको कृषि कम्पनी लिमिटेड शाखा लहानले जनाएको छ ।
डोटीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको दिपायल सिलढी नगरपालिका –७ पाकरीकन ४८ वर्षीया चन्द्रा विष्ट मृत अवस्थान गाउँनजिकको जङ्गलमा फेला पर्नुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रमाणीकरण गर्न ढिला गर्न नहुने बताउनुभएको छ ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाको बैठकबाट पारित भएको छ ।