• २० असोज २०८१, आइतबार

रामधुनीमा चिल्ड्रेन पार्क निर्माण

blog

सुनसरीको रामधुनी नगरपालिका ९ डुम्राहाको छप्की पोखरी क्षेत्रमा निर्माण गरेको चिल्ड्रेन पार्कको प्रवेशद्वार । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, असार २४ गते ।
सुनसरीको रामधुनी नगरपालिका ९ डुम्राहाको छप्की पोखरी क्षेत्रमा चिल्ड्रेन पार्कको निर्माण गरिएको छ । स्थानीय बालबाकिलाहरुलाई लक्षित गरेर छप्की पोखरी क्षेत्रमा चिल्ड्रेन पार्कको निर्माण गरिएको हो ।

बालबालिकाहरुको रमाइलो गर्ने ठाउँ, घुमफिर तथा अवलोक भ्रमणका लागि पोखरी क्षेत्रमा स्विमिङसहित फूलबारी र आराम स्थलहरु निर्माण गरिएको रामधुनी ९ का वडाध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार वडामा सबै पक्षको विकासलाई ध्यानमा राखेर काम थालेको र ज्येष्ठ नागरिकहरुको हितमा सामाजिक सुरक्षा भत्तासहितको कार्यक्रम गरेकोमा बालबालिकाहरुको रमाइलो गर्ने ठाउँको रुपमा चिल्ड्रेन पार्कको निर्माण गरिएको छ ।