• २० असोज २०८१, आइतबार

लागूऔषधसहित युवती पक्राउ

blog

भावना जोशी
अत्तरिया, असार २४ गते ।
कैलालीको धनगढीमा लागूऔषधसहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दार्चुलाको महाकाली नगरपालिका–४ का २१ वर्षीया आरती धामी पक्राउ पर्नुभएको हो ।

धामीलाई २१० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारी नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । धामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।