पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
कञ्चनपुरमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार बाढीमा डुबेर तीन महिला, एक पुरुष, एक बालक गरी पाँच जनाको मृत्यु भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरुरी रहेको बताउनुभएको छ । त्यसका लागि सम्भावित जोखिमयुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क बाइफाई जडान गर्न उहाँले निर्देशन दिनुभयो ।
कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी एक महिनामा ७४ जनाको मृत्यु भएको छ ।
मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले चीन भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । मित्रराष्ट्र चीनको सात दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
कञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
स्तरोन्नति र निर्माणका लागि भत्काइएका राजमार्ग मर्मत गरिने भएको छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटीराख्ने, पहिरो हटाउने लगायतको काम एक सातामा सम्पन्न गर्ने गरी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता जनाएको छ ।
बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चीनको चार दिने राजकीय भ्रमणमा बेइजिङका लागि ढाकाबाट सोमबार प्रस्थान गर्नुभएको छ ।
लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरणमा जोड दिएको छ । यसै गरी जनशक्ति व्यवस्थापन र अपुग शिक्षक दरबन्दी कायम गर्ने तथा विद्यालयको भौतिक संरचना निर्माण र स्तरोन्नतिमा ध्यान दिन आग्रह गरिएको छ ।
मानव बेचबिखनमा परेका महिलाले आफ्नो अनुसन्धान आफैँले गर्न थालेका छन् । उहाँहरूले साङ्केतिक तस्बिरमार्फत बेचबिखनका क्रममा भोगेका पीडालाई व्यक्त गर्नुभएको छ ।