• २० असोज २०८१, आइतबार

कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने एक बालक बेपत्ता

blog

जयकृष्ण यादव  
इनरुवा, असार २४ गते ।
सप्तकोशी नदीको कोशी ब्यारेज  पुलमा दाउरा सङ्कलन गर्ने क्रममा आइतबार राती एक बालक बेपत्ता भएका छन् । कोशी ब्यारेज  पुलमा भालासहित दाउरा सङ्कलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएका हुन् ।

स्थानीयवासी देवराज यादवको अनुसार कोशी ब्यारेज  पुलमा दाउरा सङ्कलन गर्ने भारतीय १६ वर्षीय बालक रुपेश सदा बेपत्ता हुनुभएको छ ।

सदाको शव हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले कोशीको सप्तरी खण्डको पुलमा घटना भएको जानकारी दिनुहुँदै थप विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।