मोरङको रङ्गेली–३ स्थित बाबुसाहेव टोलका २२ अग्निपीडित घरपरिवारको अस्थायी गोठमै बास भएको छ । गत चैत ३ गतेको भीषण आगलागीमा परी बाबुसाहेव टोलको सन्थाल बस्ती छिनभरमा खरानी भएको थियो ।
पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका— ८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
बागमती प्रदेशमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी)अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले बागमती प्रदेशमा ५०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभाको आजको आकस्मिक समयमा उहाँहरूले देशभर बाढी, पहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन भएको, छ जना बेपत्ता भएको र ८६ घाइते तथा अर्बौँ रकम बराबरको क्षति भएको जानकारी जानकारी गराउनुभयो ।
बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी) ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।
राप्ती नदी र अन्य खोला नालामा आएको बाढीले विद्युतका पोल र तार ढालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका दर्जन बढी गाउँहरूमा विद्युत सेवा अवरुद्ध भएको छ ।
हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ ।
ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर । चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न उक्त फ्लाइओभर बनाइएको हो ।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपदका घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ ।
प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उहाँले देशभर बाढीपहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन, ६ जना बेपत्ता र ८६ घाइते भएका तथा अर्बौंको क्षति भएको बताउनुभयो ।
नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राती काठको डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
पाल्पामा एक महिलाको शव फेला परेको छ ।
विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस ब्युटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन समपर्न भएको छ । उक्त अडिसनवाट १५ जना छनोट गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्ला अदालत धनकुटाले पाँच सय पाँच थान मुद्दा फर्छ्याेट गरेको छ । अदालतले सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर चालु आर्थिक वर्षमा कुल ६ सय ६६ थान मुद्दामध्ये पाँच सय पाँच थान फछ्र्यौट गरेको जनाएको हो ।