अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पु र्याएको छ ।
सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा तहलाई ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ ।
नेपाली कांग्रेसका सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाका सांसदहरुले बाढीपहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरुलाई निःशुल्क औषधी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।
धनकुटा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
भारी वर्षाको प्रभावका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ ।
कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ ।
नेपाल (एमाले)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
नेपाली पात्रोले गुगल प्लेस्टोरमा एक करोड डाउनलोड पूरा गरेको छ । नेपाली पात्रोका आशिष कार्कीले नेपाली तिथी, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव/पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको जानकारी दिनुभयो ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको भन्दै संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गर्नुभयो ।
तीन दिनदेखि अवरुद्ध घोराही–मुर्कुटी–प्युठान सडक खुलाउनका लागि पहिरो हटाउने कार्य भइरहेको छ । अविरल वर्षाका कारण शनिबार पहिरो खस्दा घोराही–मुर्कुटी–प्युठान सडक अवरुद्ध हुन पुगेको थियो ।
मौसममा क्रमशः सुधार भएसँग जिल्लाका बाढीपीडित घर फर्कन थालेका छन् । सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका नौव टा पालिकाका चार हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए ।
सिन्धुलीमा पचास प्रतिशत धान रोपाइँ भएको छ ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा फेरि बालबन्दीहरु बिच कुटपिट भएको छ । सो कुटपिटबाट चार जना बालबन्दी घाइते भएका छन् ।