कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ् तालको पानी बस्तीमा पस्दा एक तले घर डुवेर फसेका एकै परिवारका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
मनाङमा यार्तुङ मेला सुरु भएको छ ।
अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।
अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।
मोरङको पथरीशनिश्चरे–४ स्थित भगीरथ माध्यमिक विद्यालयको व्यवस्थापन समिति र शिक्षक विद्यार्थी खोज्न मोरङका पालिकामा पुगेका छन् ।
मनसुन सुरु भएसँगै स्याङ्जामा नौ जनाले ज्यान गुमाएका छन् भने सात जना बाढी पहिरोले घाइते भएका छन् । तीन घर पूर्ण रूपमा क्षति भएको छ भने ११२ घर पहिरोको जोखिम रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
मनाङमा मङ्गलवारदेखि यार्तुङ मेला सुरु भएको छ । जम्मा सात टिमले भाग लिएको तारा हान्ने खेललाई ग्राण्ड यार्तुङ २०८१ नाम दिइएको छ । यसलाई यार्तुङ मेलाको नामले पनि चिनिन्छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका –८ स्थित ईपाखहरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताउनुभएको छ ।
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–६ स्यालामा तरकारी लिनका लागि गएको रा १ ख २१३१ नम्बर मिनी ट्रक दुर्घटना हुँदा चालक महेश थापाको मृत्यु भएको हो ।
कैलालीको मोहना नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको डुबेर ज्यान गएको हो ।
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।
साँझपख म बगैँचामा आफ्नो विगत, वर्तमान र भविष्यतका थुप्रै कुरा खेलाएर कोठाको बरन्डामा धुमधुमती बसिरहेको हुन्छु मौनतासित कानेखुसी गर्दै । बगैँचातिर मेरो दृष्टि दौडिन्छ ।
चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन्
नेकपा (एमाले) को सचिवालय बैठक आज विहान ११ बजे बस्दैछ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, वार्षिक कार्ययोजना, नेताहरुको कार्यविभाजन र सरकार गठनबारेमा केन्द्रित भएर छलफल हुने प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुभयो ।