बाजुरामा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा जेठ पहिलो हप्तादेखि धान रोपाइँ सुरु भए पनि लामो समयसम्म परेको खडेरीका कारण असार तेस्रो हप्तासम्म आइपुग्दा ८० प्रतिशत धान रोपाइँ भएको हो ।
पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष सो सम्पन्न भएको छ । पोखरा ट्रेडमलको क्युएफएक्स सिनेमा हलमा विशेष सो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो।
दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ ।
मुगुको माथिल्लो मुगुम कार्मारोङ गाउँपालिकाका लामा समुदायका हरेक बस्तीहरूमा धर्म कमाउनलाई चित्तिम बनाउने परम्परा रहेको छ । बौद्ध धर्मावलम्बी मान्दै आएका लामा जाती समुदायका बस्तीमा हजारौँ वर्ष पुराना आफन्तको सम्झनामा चित्तिम निर्माण गर्ने परम्परा रहेको हो ।
माछापुच्छ्रे बैङ्कको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाभित्र पर्ने कर्णाली कोरिडोर र आन्तरिक सडकमा यातायात सेवा अझै सञ्चालनमा आउन सकेको छैन । लगातार वर्षा भएको कारण ठाउँठाउँको सडकमा गएको पहिरोले अवरुद्ध भएको कारण यातायात सेवा बन्द भएको हो ।
तीन दिनदेखिको अविरल वर्षापछि सनवोरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका-३ र २ जोडने झोलुङ्गे पुल जोखिममा पारेको छ । वडा नम्बर ३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका ९ मा गरिएको वन क्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको नर्सरी निर्माण गरिएको छ ।
विश्वमा आधुनिक प्रेसमा छपाइ सुरु भएको चार सय वर्षपछि १९०८ सालमा बेलायत भ्रमणबाट फर्कदा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नेपालमा प्रेस (गिद्धे प्रेस) भित्र्याएका थिए । जङ्गबहादुरले प्रेस त भित्र्याए तर त्यो प्रेसमा अखबर छापिएन । प्रेस स्थापना भएको ४७ वर्षपछि मात्रै नेपालबाट ‘सुधासागर’ मासिक प्रकाशन शुरु भयो ।
संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
नेकपा (एमाले)ले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म सङ्गठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ ।
सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका-२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान-९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा यही असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज त्यसतर्फ जानुहुने भएको छ ।
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना अन्तर्गतको सडक शिलान्यास गरिएको छ ।
चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ ।