नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताउनुभएको छ ।
यहाँको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलो पटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ ।
बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ ।
प्रतिनिधिसभा सदस्यहरुले संसदीय समितिलाई चलायमान र गतिशील तुल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
सिरहाको लहान नगरपालिका–२४ मानिकदहस्थित सर्रे खोलाको बिच भागमा फसेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीले प्रचलित कानुनअनुसार रक्त सञ्चार सेवा र संस्थागत सुशासनका गतिविधि अघि बढाइएको स्पष्ट पारेको छ ।
श्री नम्बर २ बाहिनी अड्डा हिले ब्यारेक, धनकुटाको सी.सं ११ सैन्य आधारभूत तालिमको दीक्षान्त समारोह धनकुटाको हिलेमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ ।
नेपाल भाषाको चलचित्र ‘तिबः दी सपोर्ट’ अहिले हरेक शनिबार प्रदर्शन भइरहेको छ । मुख्यतः ज्येष्ठ नागरिकको कथाव्यथा हो, ‘तिबः दी सपोर्ट’ । अध्ययनका लागि अमेरिका र क्यानडा पुगेका युवाको कथासमेत चलचित्रमा चित्रण गरिएको छ ।
ईश्वरीप्रसाद भुसालकृत ‘अर्पण’ (लामो कविता) र ‘कसको आँखा लाग्यो’ (गजल सङ्ग्रह) हालै सार्वजनिक गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आयोजनामा सङ्घीय संसद्का सदस्यहरूका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सञ्चालन भएको छ ।
औषधी व्यवस्था विभागले फोलिकेयर ट्याब्लेट नामक औषधीको बिक्रीमा रोक लगाएको छ । विभागले सूचना निकाल्दै काभ्रेस्थित क्युरेक्स फार्माको फोलिक एसिड ट्याब्लेट औषधीको ब्याच नम्बर टीईएस ०३२ बिक्री, सिफारिसमा रोक लगाएको हो ।
पण्डित ज्योतिषी डा. रुद्रनाथ अधिकारीका ‘बुझ मायालु’, ‘यसपालिको तिजमा’ र ‘यस्तै रहेछ भाग्य’ बोल गीतका म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ ।
चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट २०३७ सालताका हराएको सरस्वतीको मूर्ति अमेरिकामा फेला परेको छ ।