• १३ साउन २०८१, आइतबार

फोलिकेयर औषधी बिक्रीमा रोक

blog

काठमाडौँ, असार २६ गते । औषधी व्यवस्था विभागले फोलिकेयर ट्याब्लेट नामक औषधीको बिक्रीमा रोक लगाएको छ । विभागले सूचना निकाल्दै काभ्रेस्थित क्युरेक्स फार्माको फोलिक एसिड ट्याब्लेट औषधीको ब्याच नम्बर टीईएस ०३२ बिक्री, सिफारिसमा रोक लगाएको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश सरकारले गुणस्तर परीक्षणका लागि पठाइएको औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले विभागले यस्तो निर्णय गरेको हो ।

विभागले औषधी ऐन २०३५ को दफा १४ बमोजिम बिक्री रोक्का गरी उक्त ब्याच नम्बरका औषधी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विस्तृत विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई निर्देशन दिएको छ ।